खाेज्नुहाेस

सुप समावेशी विद्यालयलाई खाद्यान्न सहयोग

Image

अत्तरिया – अत्तरिया मोबाईल व्यवसायी संघले गोदावरी नगरपालिका –२ मा सुप समावेशी आधारभुत विद्यालयलाई खाद्यान्न र स्टेश्नरी सामाग्रीहरु सहयोग गरेको छ । सोमबार एक कार्यक्रमका बीच संघले खाद्यान्न र स्टेश्नरी सामाग्रीहरु सहयोग गरेको हो ।

विद्यालयलाई संघले करिब २५ हजार बराबरको सामाग्रीहरु सहयोग गरेको संघका अध्यक्ष गंगा निरौलाले बताए । कापी, पेन्सिल, चामल ६ कट्टा, तेल ५ लिटर, आलु ५० केजी, नुन, दाल, मसला लगायतका सामाग्रीहरु सहयोग गरेको अध्यक्ष निरौलाले बताए ।

attariya hospital
navjiwan hospital

२०६२ सालमा स्थापना भएको अत्तरिया मोबाईल व्यवसायी संघले व्यवसायीहरुका हकहितका लागि आवाज उठाउनुका साथै बिभिन्न सामाजिक कार्यहरु पनि गर्दै आएको छ । सहयोग गर्नुपर्छ भन्ने भावनाका साथ सबै मोबाइल व्यवसायीहरु मिलेर अपांगता भएका बालबालिकाहरुका लागि स्टेश्नरी, खाद्यान्न लगायतका सामाग्रीहरु सहयोग गरेको संघका सचिव रमेश कँडेलले बताए ।

संघका अध्यक्ष गंगा निरौलाको सभापतित्वमा आयोजित कार्यक्रममा गोदावरी नगरपालिका वडा नम्बर १ का अध्यक्ष तथा नगर प्रवक्ता गोपालदत्त भट्ट प्रमुख अतिथी रहेका थिए ।

कार्यक्रममा वडा नम्बर २ का वडाध्यक्ष यज्ञ बहादुर महरा, अत्तरिया उद्योग बाणिज्य संघका अध्यक्ष कल्याण सिंह बोहरा, सुपसमावेशी बिद्यालयकी अध्यक्ष बिस्ना देबी बोहरा, बिद्यालयका संस्थापक अध्यक्ष मान बहादुर साउँद, अनिल मल्ल लगायत अत्तरियाका मोबाईल व्यवसायीहरुको उपस्थिीती रहेको थियो । संघका सदस्य चक्र जोशीको स्वागत मन्तव्यसंगै शुरु भएको कार्यक्रमको सञ्चालन सचिव रमेश कँडेलले गरेका थिए ।