अत्तरिया – राष्ट्रिय वाणिज्य बैंक अत्तरिया शाखाको टोकन मेसिन पुनः सञ्चालनमा आएको छ । सञ्चालनकै क्रममा बिग्रिएको उक्त मेसिन बैंकले मर्मत गरेर पुनः सञ्चालनमा ल्याएको हो ।

मेसिन बिग्रिएको करिब १ हप्ता भित्रै मर्मत गरेर सञ्चालनमा ल्याईएको बैंकका शाखा प्रमुख गोबिन्द भट्टले बताए । उनले बिग्रीएको मेसिन बनाउन धनगढी पठाएपनि सामान नभेटिँदा मर्मतमा केही ढिलाई भएको बताए ।

‘अत्तरियाक्षेत्रमा सेवाग्राहीहरुको सहजताका लागि नै हामीले पहिलो पटक टोकन मेसिन सञ्चालनमा ल्याएका हौ’ उनले भने ‘मेसिनरी सामान हो, प्रयोग गर्दा गर्दै बिग्रियो । बनाउन पठाउदा सामान पाईएन त्यसैले केही दिन सेवाग्राहीहरुले सास्ती खेप्नुप-यो ।’
बैंकमा टोकन प्रणाली जडान भएपछि सेवाग्राहीहरुले लाइनमा बस्नुपर्ने बाध्यता हटेको छ । जसका कारण ज्येष्ठ नागरिकहरुलाई झनै राहत भएको छ ।