नागरिक उन्मुक्तिको सम्पुर्ण कार्यकारी अधिकार रेशम चौधरीलाई

धनगढी – नागरिक उन्मुक्ति पार्टीको सम्पुर्ण कार्यकारी अधिकार रेशम चौधरीले पाएका छन । पार्टीको हालै सम्पन्न केन्द्रिय समितिको बैठकले पार्टीका संरक्षक चौधरीलाई सम्पुर्ण कार्यकारी अधिकार दिने निर्णय गरेको हो ।

maya metro hospital

बैठकले प्रथम महाधिवेशनको आयोजक समितिको संयोजक समेत चौधरीलाई प्रदान गरेको छ । पार्टीको अध्यक्ष रञ्जिता चौधरी भएपनि अधिवेशनको संयोजक भने पार्टीका संरक्षक रेशम चौधरीलाई प्रदान गरिएको हो ।

joshi vada pasal 2

बैठकको निर्णयअनुसार पार्टीको केन्द्रीय महाधिवेशन आउँदो पुस २६ देखि २८ गतेसम्म कैलालीको टीकापुरमा हुने भएको छ । महाधिवेशन तयारीका लागि विभिन्न १५ वटा उपसमिति समेत गठन गरिएको छ । बैठकको निर्णयानुसार आर्थिक समितिमा प्रतिनिधि सभा सदस्य गंगाराम चौधरी, प्रचार प्रसार समितिमा ठाकुरसिंह थारु, भान्सा व्यवस्थापन समितिमा रामेश्वर चौधरी, मञ्च व्यवस्थापन समितिमा घनश्याम चौधरीलाई जिम्मेवारी दिइएको छ ।

त्यस्तै, साँस्कृतिक तथा झाँकी समितिमा लक्ष्मण किशोर चौधरी, अतिथि सत्कार समितिमा धर्म बहादुर चौधरी, स्वयंसेवक समितिमा इन्दिरा गिरी, स्वास्थ्य सेवा समितिमा डाक्टर सरोजसिंह चौधरी, आवास समितिमा रामलाल डंगौरा थारु, निर्वाचन समितिमा दमोदर पण्डित, राजनीतिक प्रतिवेदन मस्यौदा समितिमा पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठलाई जिम्मेवारी दिइएको सो पार्टीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.