अत्तरिया – सशस्त्र प्रहरी बल नेपाल नम्बर ७ वैद्यनाथ बाहिनी अत्तरियाबाट खटिएका सशस्त्र प्रहरीले गोदावरी नगरपालिका २ मा रहेको महिला तथा बालबालिका सेभ हाउस परिसरमा झाडी सफाइ गरेका छन ।

सशस्त्र प्रहरी सहायक निरिक्षक मनोज बोगटीको नेतृत्वमा खटिएको १९ जना सशस्त्र प्रहरीको टोलीले सेभ हाउस परिसरमा झाडी सफाइ गरेको हो ।

सेभ हाउस परिसरमा झाडी हुँदा सर्प लगायतका जंगली जनावरको डर हुने भएकाले सफाइका लागि आफूहरुले सशस्त्र प्रहरी संग अनुरोध गरेको सेभ हाउसकी अध्यक्ष जानकी मलासीले बताएका छिन । उनले साना बालबालिका आश्रय लिएर बस्ने सेभ हाउस परिसरको झाडीका कारण बालबालिका असुरक्षित भएपछि सफाइका लागि सशस्त्र प्रहरीलाई अनुरोध गरिएको बताइन ।
अत्तरियामा २०७३ सालमा स्थापना भएको सेभ हाउस हाल पदमा अस्पतालको भवन निर्माण स्थलको जग्गामा राखिएको छ । उक्त स्थानमा सेभ हाउस राख्नको लागि पदमा अस्पतालले निःशुल्क घर र जग्गा सेभ हाउसलाई उपलब्ध गराएको छ। सेभ हाउसमा हाल २८ जना बालबालिका बस्दै आएका छन ।