खाेज्नुहाेस

अभिनेता अनमोल केसी पक्राउ

Image

काठमाडौं– अभिनेता अनमोल केसी पक्राउ परेका छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले केसीलाई भक्तपुरबाट पक्राउ गरेको हो।

navjiwan hospital

काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख, प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) दीपक थापाले केसी पक्राउ परेको पुष्टि गरे।

attariya hospital

प्रहरीले केसीलाई ‘आपराधिक विश्वासघात’को कसुरमा पक्राउ गरेको हो। ‘रावायण’ नामक फिल्ममा अभिनय गर्ने भनेर १० लाख रुपैयाँ लिएको, तर अन्तिम समयमा फिल्म खेल अस्वीकार गरेको भन्दै केसीविरुद्ध प्रहरीमा उजुरी परेको थियो।

फिल्म ‘रावायण’को निर्माण पक्षले दिएको जाहेरीका आधारमा अदालतबाट अनुमति लिएर केसीलाई पक्राउ गरिएको हो।