खाेज्नुहाेस

अछाममा एक गर्भवतीको हेलिकोप्टर मार्फत उद्धार

Image
navjiwan hospital

अछाम – अछाममा एक गर्भवतीको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ । ढकारी गाउँपालिका वडा नम्बर–७ निवासी २५ वर्षीय मङ्गली थापाको बिहिबार नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको हो ।

थापालाई लगातार ज्वरो आएको, ब्लड प्रेसर कम भएपछि थप उपचारका लागि महिला बालबालिका तथा राष्ट्रपति महिला उद्धार कार्यक्रम अन्तर्गत उद्धार गरी प्रादेशिक अस्पताल सुर्खेत पठाइएको प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलले जानकारी दिए ।

attariya hospital