धनगढी – कैलालीको टीकापुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जना घाइते भएका छन । टीकापुर नगरपालिका–१ बनगाउँ बिचकापुरुवा चोकमा मोटरसाइकल दुर्घटना हुँदा भजनी नगरपालिका– का २३ वर्षीय मोहन चौधरी घाइते भएका हुन ।

इलाका प्रहरी कार्यालय टीकापुरका अनुसार से ५ प ३४३७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको हो । घाइते भएका चौधरीको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको बताइएको छ ।
