खाेज्नुहाेस

सबैभन्दा छिटो ५ सय करोड कमाउने हिन्दी फिल्म बन्यो ‘जवान’

Image

बलिउड अभिनेता शाहरूख खान अभिनीत फिल्म ‘जवान’ ले भारतीय बक्स अफिसमा सबैभन्दा छिटो ५ सय करोड कमाउने हिन्दी फिल्मको रेकर्ड राखेको छ।

फिल्मले प्रदर्शनको १८ दिनमा उक्त रेकर्ड राखेको हो। हिन्दी फिल्म बजार विश्लेषक तरण आदर्शका अनुसार भारतमा फिल्मले १७ दिनमा ४९२ करोड ४ लाख भारू कमाएको छ। यो हिन्दी संस्करणको मात्रै कमाइ हो।

attariya hospital

फिल्मले तमिल र तेलुगू संस्करणमा ५६ करोड २१ लाख कमाएको छ भने विश्वभरबाट ९६६ करोड कमाएको छ।

navjiwan hospital

५ सय करोड कमाउन सनी देओलको फिल्म ‘गदर २’ लाई २४ दिन लागेको थियो भने शाहरूख खानको ‘पठान’ लाई २८ दिन र ‘बाहुबली २’ को हिन्दी संस्करणलाई ३४ दिन लागेको थियो।

योसँगै ‘जवान’ ५ सय करोड क्लबमा सामेल हुने चौथो हिन्दी फिल्म बनेको छ। अहिलेसम्म भारतमा ‘बाहुबली २’, ‘पठान’ र ‘गदर २’ मात्रै ५ सय करोड क्लबमा समावेश भएका छन्।

‘पठान’ ले ५४३ करोड कमाएको थियो भने ‘बाहुबली २’ को हिन्दी संस्करणले ५१० करोड र ‘गदर २’ ले ५२२ करोड कमाएको छ।

एटली कुमारले निर्देशन गरेको फिल्म ‘जवान’ मा शाहरूखसँगै नयनतारा, विजय सेतुपथी, दीपिका पादुकोणलगायत कलाकारको अभिनय छ। फिल्ममा गौरी खानको लगानी छ।

फिल्ममा शाहरूख डबल रोलमा देखिएका छन् भने नयनतारा पुलिस अफिसरको भूमिकामा छिन्। जिके विष्णुले छायांकन गरेको फिल्मलाई रूबेनले सम्पादन गरेका छन्।