महेन्द्रनगर – कञ्चनपुरबाट प्रहरीले अबैध औषधीसहित मेडिकल संचालकलाई पक्राउ गरेको छ । लालझाडी गाउँपालिका – ६ चानदेवमा सञ्चालित जनता मेडिकलबाट प्रहरीले अबैध औषधि सहित मेडिकल सञ्चालक बेलौरी–९ कुण्डाका बर्ष ४३ का सुनिराम चौधरीलाई पक्राउ गरेको हो ।

प्रहरी नायव निरीक्षक प्रकाश दत्त जोशीको कमान्ड खटिएको प्रहरी टोलीले सो मेडिकलमा खानतलासी गर्दा बेचबिखन गर्न नमिल्ने अवैध १९ प्रकारका औषधि सहित सञ्चालक चौधरीलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बेलौरीका इन्चार्ज प्रहरी निरीक्षक गौरीप्रसाद जैशीले बताए ।

चौधरीलाईलाई थप आवश्यक कारबाहीको लागी औषधी विभाग व्यवस्था शाखा कार्यालय नेपालगन्ज बाँके पठाएको प्रहरीले जनाएको छ ।
















