डडेल्धुरामा ‘एचपीभी’ खोप लगाउने समयावधि थप

डडेल्धुरा – पाठेघर मुखको क्यान्सर विरुद्धको खोप ‘एचपीभी’ लगाउने समयावधि आउँदो १० गतेसम्म थप भएको छ । डडेल्धुरा अस्पतालमा सञ्चालन भएको खोप अभियानमा लक्षित किशोरीमध्ये अझै आधाले खोप लगाउन बाँकी रहेकाले पाँच दिन समय थपिएको हो ।

Karma Consultancy

स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखा अन्तर्गतको खोप शाखाले शुक्रबार सम्म समय थप गरिए पनि यस अवधिमा शनिवार, शोक बिदा, तीज, शिक्षक आन्दोलन लगायतका कारण खोप अभियान प्रभावकारी हुन नसकेको जनाएको छ ।

citizen security services
belauri nagarpalika

पहिलो चरणमा १४ वर्ष नाघेका र १५ वर्ष नपुगेका किशोरीहरुलाई खोप दिन थालिएको हो । यो उमेरसमूहका किशोरीको सङ्ख्या साढे तीन लाख रहेको छ ।
सरकारले गएको भदौ २७ गतेदेखि थापाथलीमा रहेको परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालबाट एचपीभी खोप अभियान शुरु गरेको हो । खोप पहिलो मात्रा दिएको ६ महिनापछि दोस्रो मात्रा दिइनेछ ।

attariya hospital

एचपीभी खोप दुई मात्रा लगाएपछि पाठेघरको मुखमा हुने क्यान्सरको सङ्क्रमण ९५ प्रतिशत सुरक्षा प्रदान गर्ने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

कोशी प्रदेशको कोशी अस्पताल, मधेस प्रदेशको नारायणी अस्पताल वीरगञ्ज, बाग्मती प्रदेशको परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल थापाथली, गण्डकी प्रदेशको गण्डकी स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरा, लुम्बिनी प्रदेशको भेरी अस्पताल बाँके, कर्णाली प्रदेशको प्रादेशिक अस्पताल सुर्खेत र सुदूरपश्चिम प्रदेशको डडेल्धुरा अस्पतालमा एचपीभी खोप उपलब्ध रहेको छ ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.