कञ्चनपुरमा अहेव माथी अभन्द्र व्यवहार गर्ने खड्का पक्राउ

अत्तरिया – कञ्चनपुरको श्रीपुर प्राथमिक स्वास्थ्य केन्द्र बेलौरीका अहेवमाथी अभद्र व्यवहार गर्ने राम बहादुर खड्कालाई प्रहरीले पक्राउ गरेको छ । असोज २ गते अहेव नरेन्द्र प्रसाद गैरे (जैशी) माथी अभद्र व्यवहार गर्ने बेलौरी नगरपालिका – २ का खड्कालाई प्रहरीले बुधबार पक्राउ गरेको हो ।

maya metro hospital

अहेव गैरेले इलाका प्रहरी कार्यालय बेलौरीमा दिएको जाहेरीका आधारमा खड्कालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । खड्का माथि अभद्र व्यवहार सम्बन्धी मुद्धा दर्ता गरि आवश्यक कार्वाही भईरहेको प्रहरीले जनाएको छ ।

टाउको र आँखामा चोट लागेर घाइते भएका बेलौरी ५ मैनाहाका बाबुराम चौधरीको उपचारमा खटिएका अहेब नरेन्द्र प्रसाद गैरे खड्काले अभद्र व्यवहार गरेका थिए । खड्काले अहेव माथी गालीगलौज गरी घाँटी च्यापेको भिडियो सार्वजनिक भएको थियो ।

attariya hospital

आफ्नो घर नजिक घाइते अवस्थामा भेटिएका चौधरीलाई स्वास्थ्य केन्द्रमा पु¥याएको लामो समयसम्म पनि चेकजाँचमा ढिलाइ गरेको र टाँका लगाउन आवश्यक धागो समेत उपलब्ध नभएको भन्दै बाहिरबाट मगाउँदा विवाद भएको खड्काको भनाई छ ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.