बेलौरीमा स्वास्थ्यकर्मीमाथि हातपात

 

कञ्चनपुर – कञ्चनपुरको बेलौरीमा रहेको श्रीपुर प्राथमिक स्वास्थ्य केन्द्रमा घाइतेको उपचारमा खटिएका एक जना स्वास्थ्यकर्मी माथि हातपात भएको छ । गए राति सवा ११ बजेको समयमा टाउको र आँखामा चोट लागेर घाइते भएका बेलौरी ५ मैनाहाका बाबुराम चौधरीको उपचारमा खटिएका श्रीपुर प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत अहेब नरेन्द्र प्रसाद गैरेमाथि हातपात र गालीगलौज गरिएको हो ।

maya metro hospital

बेलौरीकै गोकुलपुर बजार बस्ने रामु भनिने राम बहादुर खड्काले गालीगलौज गरी घाँटी च्यापेको र आफूले सबै कुरा सिसिटिभी क्यामेरामा कैद भइरहेको भनेपछि थप दुर्घटना हुनबाट जोगिएको अहेब गैरेको भनाइ छ । उनले यसअघि पनि थुप्रैपटक यस्तो दुस्प्रयास भएकोले यो घटना सुनियोजित भएको बताएका छन् ।

श्रीपुर प्राथमिक स्वास्थ्य केन्द्रले उपलब्ध गराएको सिसिटिभी फुटेजमा देखिए अनुसार सुरक्षाकर्मीकै अगाडि मध्यरातमा ड्युटीमा रहेका स्वास्थ्यकर्मीमाथि गरिएको दुर्व्यवहारलाई भने खड्काले सामान्य विवाद भएको प्रतिक्रिया दिएका छन् ।

attariya hospital

आफ्नो घर नजिक घाइते अवस्थामा भेटिएका चौधरीलाई स्वास्थ्य केन्द्रमा पुर्‍याएको लामो समयसम्म पनि चेकजाँचमा ढिलाइ गरेको र टाँका लगाउन आवश्यक धागो समेत उपलब्ध नभएको भन्दै बाहिरबाट मगाउँदा विवाद भएकाले आफूले धक्का मात्रै दिएको उनको भनाइ छ ।  यस विषयमा इलाका प्रहरी कार्यालय बेलौरीमा जानकारी गराइसकेको भए पनि अहिलेसम्म कुनै पहल नभएको अहेब गैरेले बताएका छन् ।

 

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.