अत्तरियामा रोकिएको विषादी परिक्षण सेवा सुचारु


अत्तरिया – कैलालीको अत्तरियामा रोकिएको विषादी परिक्षण सेवा सुचारु भएको छ । विषादी अवशेष दु्रत विश्लेषण इकाई कार्यालय किट सकिएपछि रोकिएको विषादी परिक्षण सेवा सुचारु भएको हो । 

maya metro hospital

बुधबार किट आएपछि सेवा सुचारु भएको कार्यालयले जनाएको छ । त्यसपछि बिदा भएकाले शुक्रबार देखि मात्रै परिक्षण सुरु गरिएको कार्यालयका प्राविधिक राजेन्द्र प्रसाद भट्टले बताएका छन ।

उनले शुक्रबार र आइतबार १० वटा तरकारी र फलफूलका नमूनामा विषादी परिक्षण गरिएको बताए । परिक्षण गरिएका नमूना खान अयोग्य भने नभेटिएको उनले बताएका छन । यसअघि कार्यालयमा किट सकिएपछि साउन १३ गते देखि विषादी परिक्षण सेवा रोकिएको थियो । 

attariya hospital

कार्यालयले गत आर्थिक वर्षमा २ हजार ५३२ तरकारी फलफूलका नमूनाको विषादी परिक्षण गरेको थियो । जसमा ८ नमूनामा ग्रीन र येलो लेबलको विषादीको मात्रा भेटिएकाको थियो भने १३ नमूनामा प्रयोग नै गर्न नमिल्ने विषादीको मात्रा भेटिएको थियो । 

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.