कृष्णपुरका ५ विद्यालयमा मनाइँयो बाल दिवस

अत्तरिया – कञ्चनपुरको कृष्णपुर नगरपालिकाका ५ विद्यालयमा शुक्रबार ५९ औं राष्ट्रिय बाल दिवस मनाइएको छ । कृष्णपुर नगरपालिकाको महिला तथा बालबालिका शाखाको आयोजना तथा वल्र्ड भिजन ईन्टरनेसनल नेपालको आर्थिक र राष्ट्रिय समाज कल्याण संघ  (एनएनएसडब्ल्यूए)  को प्राविधिक सहयोगमा बाल दिवस मनाइएको हो ।

Karma Consultancy

जसअन्तरगत नगरभित्र रहेका उदय मावि, भेटघाट आवि, पञ्चाधिन मावि, समैजी मावि र राष्ट्रिय माविमा दिवसको अवसरमा कार्यक्रम गरिएको थियो ।

citizen security services

कार्यक्रममा वडाका अध्यक्ष, बाल क्लवका प्रतिनिधि विद्यालय व्यवस्थापनका अध्यक्ष, विद्यार्थी शिक्षक लगायतको सहभागिता रहेको थियो ।

attariya hospital

दिवसको अवसरमा हाजिरी जवाफ प्रतियोगिता आयोजना गरी पुरस्कार वितरण गरिएको एनएनएसडब्ल्यूएका बालसंरक्षण अधिकृत गणेश भुलले जानकारी दिएका छन ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.