चितुवाको आक्रमणबाट अछाममा तीनजना घाइते

अछाम- अछाममा चितुवाको आक्रमणबाट तीन जना घाइते भएका छन् । जिल्लाको रामारोशन गाउँपालिका–६ भटाकाटियाकी अन्दाजी ३५ वर्षीया हैकला साउँद घाइते भएकी छन् । हैकलालाई गोठको छाना नजिकै घाँस काट्ने क्रममा गोठको छानामा लुकेर बसेको चितुवाले आक्रमण गरेको हो ।

maya metro hospital
raunak fals and silling

यस्तै सोही पालिकाकै २१ वर्षीय सुर्यबहादुर साउँद र ३७ वर्षीय जगत साउँदलाई गोठभन्दा करिब पाँच सय मिटर टाढा मकैवारीमा घाइते अवस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी निरीक्षक राजेन्द्र साउँदले बताए ।

joshi vada pasal 2

चितुवाको आक्रमणबाट हैकलाको कुमको तलपट्टी चोट लागेको छ । घाइते तीनै जनाको स्थानीय स्वास्थ्य चौकीमा उपचार भैरहेको छ । तीनै जनाको स्वास्थ्य अवस्था भने सामान्य रहेको प्रहरी निरीक्षक साउँदले बताए । चितुवाले आक्रमण गर्नेबित्तिकै हैकलाले हल्ला गरेकाले नजिकैका व्यक्तिहरू आएपछि चितुवा भागेको थियो ।

दुई हप्ताअघि पनि सोही गाउँपालिका–७ सुतारमा एक बालकलाई चितुवाले आक्रमण गरेर घाइते बनाएको थियो ।

indreni vansa ghar
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.