अछाम – अछाममा चितुवाको आक्रमणमा परेर एक महिला घाइते भएकी छिन । गोठ छाना नजिकै घाँस काट्नेक्रममा चितुवाको आक्रमणमा परी रामारोशन गाउँपालिका –६ भटाकाटिया निवासी अन्दाजी ३५ वर्षीया हैकला साउद घाइते भएकी हुन् ।

भटाकाटियाको परिवन भन्ने ठाउँमा हैकला घाँस काटिरहेका बेलामा गोठ छानामा लुकेर बसेको चितुवाले आक्रमण गरेको थियो ।

चितुवाको आक्रमणबाट हैकलाको कुमको तलपट्टी चोट लागेको उनका भतिजा कमल साउदले बताएका छन । चितुवाले आक्रमण गर्नेबित्तिकै हैकलाले हल्ला गरेकाले करिब तीनसय मिटर पर रहेका व्यक्तिहरु आएपछि चितुवा भागेको थियो ।
दुई हप्ताअघि सोही गाउँपालिका –७ सुतारमा एक बालकलाई चितुवाले आक्रमण गरेर घाइते बनाएको थियो ।


















