अछाम – अछाममा एक वडा कार्यालयले हिन्दु नारीहरूको महान् पर्व हरितालिका तीजको अवसरमा मौलिक बाजा वितरण गरेको छ । तुर्माखाँद गाउँपालिका – ४ ले तीजको अवसरमा महिलाहरूलाई मौलिक बाजागाजा हस्तान्तरण गरिएको हो ।


तिजमा मौलिकता हराउँदै गएकाले वडाको पहलमा महिलाहरूलाई १५ थान मादल र १५ थान खैंचडी वितरण गरिएको वडा अध्यक्ष पदम बहादुर बिसीले जानकारी दिए ।

उनले मौलिक परम्परा, संस्कृति लोप हुँदै गएकाले वडाले मौलिक बाजाको संरक्षणको लागि वितरण गरेको बताए ।
