शाहरुखको जवानको आक्रामक ओपनिङ, पठानलाई उछिन्यो

बलिवुडका सुपरस्टार अभिनेता शाहरुख खानको नयाँ फिल्म जवानले भारतीय बक्स अफिसमा आक्रामक ओपनिङ गरेको छ । विहिबार रिलिज भएको जवानले पहिलो दिन ६५ करोड कमाई गरेको बलिवुड फिल्म विश्लेषकहरुले बताएका छन् ।

maya metro hospital

हिन्दी, तमिल र तेलुगु गरी ३ भाषामा रिलिज भएको शाहरुखको यस फिल्मले उनको यसअघि रिलिज भएको फिल्म पठानको पहिलो दिनको कमाईको रेकर्डलाई तोडेको छ । साथै यो कुनै पनि बलिवुड फिल्मले पहिलो दिन कमाएको अहिलेसम्मको सबैभन्दा बढी हो ।

गत जनवरी २५ मा रिलिज भएको पठानले पहिलो दिन ५७ करोड कमाई गरेको थियो ।

attariya hospital

जवान फिल्म भारतीय बक्स अफिसमा अहिलेसम्मका सबै रेकर्ड तोड्ने अनुमान गरिएको छ । अहिलेसम्म सबैभन्दा बढी कमाई गर्ने रेकर्ड शाहरुखकै फिल्म पठानको नाममा छ, जसले ५४३.०५ करोड भारु कमाई गरेको थियो । त्यस्तै त्यसपछि बहुबाली-२ र गदर-२ ले ५१० करोड कमाई गरेका छन् ।

फिल्म ‘जवान’मा शाहरुख खान बाहेक दीपिका पादुकोण,  स‌जय  दत्त  नयनतारा, विजय सेतुपति, प्रियामणि, सान्या मल्होत्रा, सुनील ग्रोवर जस्ता कलाकारहरुको अभिनय रहेको छ ।

lotus add
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.