खाेज्नुहाेस

अमेरिकी संसद् भवनमा दंगा फैलाउनेलाई २२ वर्षको जेल

Image

सन् २०२१ मा अमेरिकी संसद् भवनमा दंगा फैलाएका मुख्य योजनाकार हेनरी एनरिके टारियोलाई २२ वर्षको जेल सजाय सुनाइएको छ।

navjiwan hospital

अमेरिकी इतिहासमा लोकतन्त्रविरुद्ध गरेको आक्रमणमा यति लामो सजाय दिइएको यो पहिलो पटक भएको अन्तर्राष्ट्रिय संचारमाध्यामले जनाएका छन्। टारियोमाथि देशद्रोहको षड्यन्त्र, गृहयुद्ध फैलाउन खोजेको आरोपमा दोषी ठहराइएको बिबिसीले जनाएको छ।

attariya hospital

३९ वर्षीय टारियो दंगाका बेला वाशिंगटनमा थिएनन्, तर उनले अति दक्षिणपन्थी समूहको संलग्नतालाई व्यवस्थित गर्न मद्दत गरेको आरेप छ। उक्त आरोपमा हालसम्म ११ सयभन्दा बढी व्यक्तिलाई पक्राउ गरिएको छ। ​

टारियोले मुद्दाको सुनुवाइको क्रममा सुरक्षाकर्मी र वाशिङटन डीसीका बासिन्दासँग भावुक भई माफी समेत मागेका थिए। तत्कालीन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकहरूले जो बाइडेनको चुनावी विजयलाई अस्विकार गर्दै प्रदर्शनका क्रममा हिंसा भड्किएको थियो।