अमेरिकामा ७० हजार मानिस हिलोमा फसे

अमेरिकाको नेभाडा राज्यमा बर्निङ म्यान फेस्टिभलमा जम्मा भएका ७० हजार मानिस हिलोमा फसेका छन् । एक जनाको मृत्यु भएको छ । सरकारी अधिकारीहरूले उनीहरूलाई खाना र पानीको संरक्षण गर्न आग्रह गरेका छन् । वास्तवमा, हरेक वर्ष हजारौं मानिसहरू अमेरिकाको नेभाडा राज्यमा सांस्कृतिक उत्सव मनाउन भेला हुन्छन् ।

maya metro hospital

यसपटक पनि यस्तै भयो । तर, २४ घण्टादेखि परेको अविरल वर्षाले पुरै मरुभूमि हिलोमा परिणत भएको छ । जसका कारण मानिसहरु हिँडडुल गर्न समेत सकिरहेका छैनन् । अमेरिकाको भूमि व्यवस्थापन ब्यूरोले माटोबाट सवारी चलाउनु खतरामुक्त नभएको बताएको छ । अबको केही दिन अझै पानी पर्ने सम्भावना रहेको छ । यस्तो अवस्थामा मानिसहरूलाई आवश्यक पर्ने सबै चीजहरू हुनु आवश्यक छ ।

joshi vada pasal 2

बर्निङ म्यान फेस्टिभल ब्ल्याक रक सिटी, नेभाडामा हुन्छ । जुन संसारको सबैभन्दा निर्जीव मरुभूमि मध्ये एक हो । मानिसहरूले यहाँ क्याम्प बसाउँछन् र धेरै दिन बस्छन्। अब यस क्षेत्रमा आकस्मिक सेवा बाहेक सबै सवारी साधन आवतजावतमा रोक लगाइएको छ । यहाँ केही दिनसम्म मानिस अलपत्र पर्न सक्ने यस कार्यक्रमका आयोजकले बताएका छन् ।

यो पर्व सन् १९९० मा सुरु भएको थियो। त्यतिबेला यहाँ जम्मा ८० जना मात्रै भेला भए । सन् १९९३ मा पहिलो पटक यहाँ पुग्नेको संख्या १००० पुगेको थियो । यसपटक यहाँ ७० हजारभन्दा बढी मानिस जम्मा भएका छन् । यो पर्व अमेरिकामा छुट्टीको समयमा मनाइन्छ ।

यहाँ संसारभरका मानिसहरु सेलफोन, इन्टरनेट जस्ता आधुनिक सुविधाबाट टाढै बसेर परम्परागत नाच–गीत र संगीतमा एक साता बिताउँछन् । चाडपर्वको अन्तिम दिन यहाँ आफ्नै सृजना जलाउने भएकाले ‘बर्निङ म्यान’ भन्ने नाम आएको हो । यसको पछाडिको विचार यो हो कि आफ्नै सृष्टिलाई जलाएर हामीले आफ्नो भित्री अहंकारलाई नष्ट गर्छौं ।

चाडपर्वमा आउने मानिसलाई आफ्नै तरिकाले बाँच्ने स्वतन्त्रता दिइएको छ । तिनीहरूमाथि कुनै प्रतिबन्ध लगाइएको छैन । जसले गर्दा उनीहरूले स्वतन्त्रताको अर्थ साँच्चै बुझ्न सक्छन । यद्यपि, यहाँ तपाईले वातावरणलाई हानि गर्ने कुनै पनि चीज प्रयोग गर्न सक्नुहुन्न । जसका कारण यहाँ प्लाष्टिकका सामान प्रतिबन्ध लगाइएको छ । यहाँ साइकल वा पैदल मात्रै घुम्न पाइन्छ ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.