धनगढी – कैलाली उद्योग बाणिज्यसंघले कैलाली भंसार कार्यालयमा प्लान्ट क्वारेन्टाईनको टुरमुकाम संचालन र स्थायी कार्यालय स्थापना गर्न माग गरेको छ । आईतबार उद्योग बाणिज्यसंघको सभाहलमा आयोजना गरिएको पत्रकार सम्बेलनमा उद्योग ब्यवसायीले सो माग गरेका हुन् ।

उद्योग ब्यवसायीहरुले संघिय सरकारको अस्पष्ट नितीका कारण उद्योगी, ब्यवसायीका साथै आम उपभोक्ता आर्थिक मारमा परेको र थप अन्यौलता सिर्जना भएको संघका बरिष्ठ उपाध्यक्ष पुस्कर ओझाले बताए । उनले ब्यवसायी र उपभोक्ता राज्यको अस्पष्ट नितीका कारण खाद्य योग्य, पशुपक्षि आहारका लागी चाहिने कच्चा पदार्थ र खाद्य बस्तुमा भोग्नुपर्ने, मुल्य बृद्धि तथा अभावले दैनिकीलाई प्रभाबित पारेको बताए ।

कैलाली उद्योग बाणिज्य संघका अध्यक्ष पुस्पराज कुँवरले नजिकै आउँदै गरेको दशैँ दिपावली तथा छठ लगायतका चाडबाड महङ्गीने बताए । सहजीकरणका लागी प्लान्ट क्वारेन्टाइन तथा बिषादी अन्वेषण केन्द्र काठमाण्डौँमा फोन गर्दा कैलाली नाकालाई अवैधानिक नाकाको रुपमा ब्याख्या गर्ने र अमर्यादित शैलीमा अव्यवहारीक जवाफ फर्काउने र सुदुरपश्चिमप्रति संघ सरकारले गर्ने ब्यवहार फरक रहेको बताए । साथै बिज्ञप्ती मार्फत उनले चाडवाडको मुखमा बस्तुको अभाब श्रृजना हुने र सामाजिक सद्भाब समेत असर पार्ने अवस्था आउन सक्ने बताए ।



















