भारतमा चट्याङ लागेर दश जनाको मृत्यु, तीन घाइते

नयादिल्ली – भारतको ओडिसा राज्यका ६ वटा जिल्लामा शनिबार चट्याङ लागेर दश जनाको मृत्यु भएको छभने अन्य तीन जना घाइते भएका छन् ।

maya metro hospital

राज्यको जगतसिंहपुर, ढेनकनाल, अङ्गुल र बौद्ध जिल्लामा एक–एक, बोलाङ्गिरमा दुई र खोर्दा जिल्लामा चारजनाले ज्यान गुमाएका राज्य प्रकोप व्यवस्थापन आयुक्तको कार्यालयले जनाएको छ ।

गत वैशाखमा नयाँगढ जिल्लाको सरानाकुला क्षेत्रमा चट्याङ लागेर एक महिलासहित तीन जनाको मृत्यु भएको थियो ।

attariya hospital
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.