मिनिबससँग रेल ठोक्किँदा चिलीमा ७ को मृत्यु

चिली– दक्षिण अमेरिकी देश चिलीमा शुक्रबार रेलवे क्रसिङमा एउटा यात्रुवाहक रेल एक मिनीबससँग ठोक्किएको छ ।  रेलले मिनिबसलाई केही मिटरसम्म घिसारेर लगेको थियो, जुन दुर्घटनामा सात जनाको मृत्यु भएको छ भने धेरै घाइते भएका छन् ।

maya metro hospital

चिलीको राजधानीबाट करिब ५०० किलोमिटर दक्षिणमा रहेको सान पेड्रो डे ला पाज सहर नजिकै रेलवे क्रसिङमा उक्त दुर्घटना भएको अधिकारीहरूले बताएका छन्।

 

joshi vada pasal 2

प्रहरी अधिकारीले मिनिबसमा १४ जना यात्रु सवार थिए जसमध्ये सात जनाको दुर्घटनामा मृत्यु भएको बताए । अन्य सात जना घाइते भएका छन्, जसमध्ये पाँचको अवस्था गम्भीर छ ।

चिलीको राज्य रेलवे कम्पनीले एक विज्ञप्तिमा मिनीबस रेलवे क्रसिङ पार गर्ने क्रममा दुर्घटना भएको जनाएको छ। दुर्घटना पछि रेलवे क्रसिङको सुरक्षाको समीक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.