खाेज्नुहाेस

कवि रिमा केसीलाई अनुवाद तर्फ ‘यशस्वी अवार्ड’

Image

काठमाडौँमा भइरहेको सूर्य नेपाल काठमाडौँ–कलिङ साहित्य महोत्सवमा कवि रिमा केसीद्वारा अनुवाद गरिएको ‘अमृता प्रितमका छानिएका कविता’लाई अनुवाद तर्फ यशस्वी अवार्ड प्रदान गरिएको छ । ललितपुरको हिमालय होटेलमा जारी महोत्सवमा लेखकहरूको उपस्थितमा यो अवार्डद्वारा सम्मान गरिएको हो ।

navjiwan hospital

उनी दुई दशकदेखि अनवरत रूपमा साहित्य क्षेत्रमा क्रियाशील रहेकी छिन् । सोही कार्यक्रममा डाक्टर नवराज केसीको ‘शून्यको मृत्यु, विवेक ओझाको उपन्यास ‘ऐँठन’ र रेणुका जिसीको कथा सङ्ग्रह ‘सनेस’लाई यशस्वी अवार्डद्वारा सम्मान गरिएको थियो ।

attariya hospital

तीन दिनसम्म जारी महोत्सवमा आख्यान र गैर आख्यान गरी १० फरक विधाका कृतिहरूलाई पुरस्कृत गरिएको हो । सम्मानित हुने अन्य कृतिमा कवितातर्फ ‘भाषाको बकपत्रु’, जीवनीतर्फ गोविन्द गिरी प्रेरणाको ‘सुश्री पारिजात’ बाल साहित्य विधामा अनुराधा लिखित ‘छमछमको छमछमी’, खाद्य तथा औषधि विधामा ‘रैथाने चाडवाड र खानपानु’ अङ्ग्रेजी भाषाको संस्मरण ‘हिमालयन मेभरिक’ र अङ्ग्रेजी कवितासंग्रह ‘मिनट्स या मेरिट’ छन् ।

साहित्य महोत्सवमा नेपाल, भारत, भुटान, बङ्गलादेश र श्रीलङ्का लगायत देशका साहित्यकारहरूको जमघट रहेको यो अन्तर्राष्ट्रिय महोत्सव यशस्वी प्रज्ञा प्रतिष्ठान, नेपाल र कलिङ लिटररी फेस्टिभल (केएलएफ) भारतको संयुक्त आयोजनामा भएको हो ।