खाेज्नुहाेस

अभिनेता राजेश हमालले कृषिसम्बन्धी रियालिटी शो ‘रअ’ होस्ट गर्ने

Image

नेपालमा पहिलोपटक एग्रिकल्चर गेम रियालिटी शो ‘रअ’ (रिभोलसनरी एग्रिकल्चर वार) को घोषणा भएको छ।

काठमाडौंमा एक कार्यक्रम आयोजना गर्दै शोको औपचारिक निर्माण घोषणा गरिएको हो। शैलेन्द्र कँडेल क्षेत्रीको कन्सेप्ट र निर्देशनमा बन्ने शोको मास्टर होस्टको रूपमा अभिनेता राजेश हमाल हुनेछन् भने ग्राण्ड जजका रूपमा योगेन्द्र कुमार कार्की र नम्रता पाण्डे रहनेछन्।

attariya hospital
navjiwan hospital

इ.स्क्वायर प्राइभेट लिमिटेडले आयोजना गर्न लागेको रियालिटी शोमा किसान र कृषि प्रााविधिकले सहभागिता जनाउन पाउनेछन्। प्राविधिक समूहमा भने कम्तिमा बिएस्सी एग्रिकल्चर वा सो सरह पढेका व्यक्तिहरूले सहभागिता जनाउन पाउने आयोजकले बताएका छन्।

कृषिका विविध आयामहरू कृषि पर्यटन, कृषि वन, पुष्प व्यवसाय, फलफूल खेती, जडीबुटी, अन्नबाली, नगदेबाली, पशुपालन लगायतका क्षेत्रमा उत्पादन, बजार व्यवस्थापन, बिक्री, प्रविधि, दिगो कृषि अभ्यास, वित्तीय ज्ञान, मूल्य शृंखलालगायत विषयमा रहेर प्रतिस्पर्धा हुनेछ।

कार्यक्रममा बोल्दै अभिनेता राजेश हमालले नेपालको विकास गर्नु छ भने व्यवसायिक कृषिसँगै कृषि क्रान्ति अपरिहार्य रहेको बताए।