खाेज्नुहाेस

सुदूरपश्चिमका भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्री चौधरीलाई किसान महासंघको ज्ञापन पत्र

Image

कैलाली – सुदूरपश्चिमका भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्री रामेश्वर चौधरीलाई ज्ञापन पत्रलाई ज्ञापन पत्र बुझाईएको छ । एमाले निकट नेपाल अखिल नेपाल किसान महासंघ सुदूरपश्चिमले विभिन्न १० बुँदे मागहरु राख्दै मन्त्री चौधरीलाई ज्ञापन पत्र बुझाएको हो ।

प्रदेशमा लम्पी स्किन रोगको संक्रमण भयावह बन्दा पनि प्रदेश सरकारले चासो नदिएको भन्दै अन्य विभिन्न १० बुँदे माग राखेर ज्ञापन पत्र बुझाईएको महासंघका प्रदेश अध्यष मदन रेग्मीले जानकारी दिए ।

attariya hospital
navjiwan hospital

रोग नियन्त्रण तथा क्षतिपूर्तिको माग गर्दै भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्रालय धनगढीमा धर्ना सँगै ज्ञापन पत्र बुझाइएको उनले बताए । लम्पी स्किन रोगलाई महामारी घोषणा गरी प्रभावकारी उपचार तथा व्यवस्थापन थालिनुपर्ने, मरेका पशुहरूको बिमा रकम यथाशीघ्र भुक्तानी गरिनु पर्ने लगायतका १० बुँदे माग राखिएको उनले बताए ।

‘लम्पी स्किन रोगबाट लाखौँ पशु चौपाया मरेका लाखौँ अझै सङ्क्रमित छन् । किसानहरूको अर्वौंको धनमाल नष्ट भएको छ । सङ्घीय र प्रदेश सरकार यो समस्या सँग चिन्तित छैनन् । कृषकका समस्या समाधान गर्नुको सट्टा भारतमा ७ रुपैयाँमा उत्पादन भएको भ्याक्सिनलाई १ सय २० रुपैयाँमा निर्यात गरी किसानमाथि कालोबजारी गरी ५ सय रुपैयाँ सम्म बेचिरहेका छन्’ रेग्मीले भने, ‘सरकारले लम्पी स्किन रोगलाई महामारीका रूपमा घोषणा गरी व्यवस्थापन गर्दैन भने हामी आन्दोलनका कार्यक्रम चर्काउँछौ ।’

ज्ञापन पत्र बुझ्दै भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री चौधरीले लम्पी स्किन रोग नियन्त्रणमा प्रदेश सरकार प्रभावकारी ढङ्गले लागेको बताए । उनले सुदूरपश्चिम प्रदेशमा यो रोगबाट मृत्यु भएका र संक्रमित पशुहरूको तथ्यांक संकलन गरी यसको नियन्त्रणका लागी बजेट व्यवस्थापनको काम भइरहेको बताए ।

उनले कार्य योजना तयार गरी विपद् संकटग्रस्त घोषणा गरी विपद् व्यवस्थापन कोषबाट रकम मागका लागी मन्त्रालयबाट प्रक्रिया अगाडी बढेको समेत जानकारी दिए ।