खाेज्नुहाेस

अछाममा चितुवाले ८ बाख्रा मार्‍यो

Image

अछाम – अछामको बान्नीगढी जयगढ गाउँपालिकामा चितुवाले एकै कृषकका आठ बाख्रा मारेको छ । बान्नीगढी जयगढ गाउँपालिका–१ गाज्राका तिलक खड्काले पालेका आठ बाख्रा चितुवाले मारेको हो ।

navjiwan hospital

स्थानीय लक्ष्मी खड्का अनुसार घरबाट करिब १५ मिनेट टाढा रहेको गोठमा भैँसी, गोरुसँगै रहेका बाख्रा चितुवाले मारेको थियो ।

attariya hospital

पछिल्लो समय एक महिना यता त्यस क्षेत्रमा १५ बाख्रा मारिसकेको स्थानीयको भनाइ छ । बाख्रासँगै चितुवाले केटाकेटी वा अन्य मान्छेलाई आक्रमण गर्ने होकि भनेर गाउँलेहरू चिन्तित बनेका छन् ।