कञ्चनपुर – कञ्चनपुरको गड्डाचौकी नाका भएर पहिलो पटक बन्दागोभी बाहिरिएको छ । गड्डाचौकी बाट पहिलो पटक बन्दागोभी भारतमा निर्यात गरिएको हो ।

नेपालमा भारतबाट प्राय तरकारीहरु आयात हुने गरेकोमा पहिलो पटक बन्दागोभी निर्यात भएको गड्डाचौकीस्थित भन्सार कार्यालय कञ्चनपुरले जनाएको छ । साउन महिनामा मात्रै १ हजार ५ सय किलो बन्दागोभी भारत निर्यात भएको भन्सार कार्यालयले जनाएको छ । भारतीय व्यवसायीले नेपालबाट बन्दागोभी भारत लगेका हुन ।

भन्सार नाका भएर दैनिक भारतबाट तरकारी र फलफूल आयात हुँदै आएको छ । तर अहिले गड्डाचौकी नाका भएर भारतबाट आउने तरकारी र फलफूलको आयात भने ठप्प हुन पुगेको छ । गड्डाचौकीस्थित प्लान्ट क्वारेन्टिन कार्यालयका प्रमुख तालिमका लागि विदेश गएपछि परीक्षण नभएर आयात ठप्प हुन पुगेको हुन पुगेको हो ।



















