खाेज्नुहाेस

ढुवानी नहुँदा बारीमै स्याउ कुहिने चिन्तामा बाजुराका कृषक

Image

बाजुरा – बाजुरामा यो वर्ष पनि स्याउ ढुवानीमा समस्या भएको छ । वर्षातमा सधैँ जसो अवरुद्ध भइरहने मार्तडी कोल्टी सडक खण्ड यो बर्ष पनि ठाउँ÷ठाउँमा पहिरोका कारण अवरुद्ध बनेपछि स्याउ ढुवानी गरि बजार सम्म पु-याउन नसकिने स्थिति बनेको हो ।

स्याउ पाकेकै समयमा सडक अवरुद्ध भएका कारण स्याउ ढुवानी रोकिएपछि बारीमै कुहिने हुन् कि भन्ने चिन्तामा आफूहरू रहेको स्याउ कृषक हरुले गुनासो गरेका छन् । बाजुरामा यो बर्ष अत्यधिक मात्रामा स्याउ फलेका छन् । उत्पादनमा वृद्धि भए पनि पाकेका स्याउ बजार सम्म पु¥याउनु कृषकका लागि चुनौती बनेको छ ।

attariya hospital

‘वर्षभरी मेहनत गरि लाभ लिने बेला ढुवानीको चिन्ता भयो, पिठ्युँमा बोकेर मार्तडी बजार सम्म लैजाउ भने भारी सँग २ दिन लाग्छ’ बुढिनन्दा नगरपालिका– ९ पाण्डुसैनका स्याउ कृषक पुर रावतले भने ‘यति धेरै स्याउ बोकेर लैजान सकिदैन, सरकारले स्याउ बजारीकरणका लागि सहयोग गरिदिए सहज हुन्थ्यो ।’

navjiwan hospital

स्याउ बेचेरै जीविकोपार्जन गरौँला भनेर वर्षभरि मेहनत गरेर अन्तिममा ढुवानीकै समस्या हुने गरेको जुकोटका स्याउ कृषक पुरेन्द्र शाहीले बताए । ‘स्याउ बजार सम्म पु-याउन नसके बारीमै कुहिरहेका छन’ उनले भने ‘त्यसो हुँदा छोराछोरी के गरि पाल्ने, के गरि पढाउने हाम्रो मुख्य व्यवसाय नै स्याउ खेती हो ।’

वर्षात शुरु भए देखिनै अवरुद्ध बनेको मार्तडी कोल्टी सडक खण्ड कहिले सम्म खुल्ने भन्ने टुङ्गो लागेको छैन भने मौसम खराबी भइरहनाले कोल्टिमा नियमित जहाज पनि आइरहेको छैन । यी सबै कारणले स्याउ ढुवानी नहुँदा बारीमै कुहिने चिन्ता कृषकमा छ ।

यता कृषि ज्ञान केन्द्र बाजुराले भने बिगत ४ बर्ष देखि स्याउ अनुदानमा ढुवानी गरिँदै आएकोमा यो बर्ष पनि अबको २ हप्ता भित्रै कृषकका स्याउ बारीबाटै अनुदानमा ढुवानी गरिने जनाएको छ । ‘हामी २ हप्ता भित्रै ढुवानी प्रक्रिया थाल्दैछौं, कृषकले आत्तिनु पर्दैन’ कृषि ज्ञान केन्द्र बाजुराका प्रमुख हरि पनेरुले भने ‘बारीबाटै अनुदानमा स्याउ जिल्ला भित्रका बजार र जिल्ला बाहिरका सहरहरूमा बजारीकरणका लागि पठाउँछौँ ।’

स्थानीय सरकार सँग समन्वय गरेर स्याउ ढुवानीको कार्य गरिने उनले बताए । हाल कार्टुन छपाइको काम भइरहेको र केहिदिन भित्रै सूचना गरेर ढुवानीको कार्यक्रम अगाडि बढाइने पनेरुले बताए । बाजुरामा कुल ३ सय ७० हेक्टर क्षेत्रफलमा स्याउ खेती गरिएको छ । जसमध्ये हाल उत्पादनशील क्षेत्र १ सय ७५ हेक्टर रहेको छ भने जम्मा उत्पादन १ हजार १ सय ३७ मेट्रिकटन रहेको छ ।

रेडियो नेपालबाट