खाेज्नुहाेस

क्यानरी टापुमा लागेको डढेलो १८ सय हेक्टरमा फैलियो

Image

स्पेनको टेनेरिफको उत्तरपूर्वमा रहेको क्यानरी टापुमा बुधबारबाट लागेको डढेलो १८ सय हेक्टर क्षेत्रफलमा फैलिएको छ । बुधबारबाट लागेको डढेलो अहिलेसम्म नियन्त्रणमा आउन सकेको छैन । सुख्खा क्षेत्र र तीव्र हावाका कारण आगो झनै फैलिरहेको बताइएको छ ।

navjiwan hospital

क्यानरी टापुका अध्यक्ष फर्नान्डो क्लाभिजोले पहाडी क्षेत्रमा भएका कारण आगो निभाउन कठिन भइरहेको बताए । डढेलो कसरी लाग्यो भन्ने कुरा अझैसम्म स्पष्ट हुन सकेको छैन । आगो १७ हजार ५ सय बासिन्दा रहेको सहर एल ओरोटाभेको छेउसम्म पुगेको थियो ।

attariya hospital

आगोका कारण सो क्षेत्रबाट करिब १५० जनालाई विस्थापित भएका छन् । सम्पत्ति कति क्षति भयो भन्नेबारे तथ्यांक आइसकेको छैन । करिब २७० अग्नि नियन्त्रक र १७ बढी हेलिकोप्टरबाट आगो नियन्त्रणमा लिने प्रयास भए पनि सफल हुन सकेको छैन ।

युरोपेली फरेस्ट फायर इन्फर्मेसन सिस्टम (ईएफएफआईसी) को तथ्यांकअनुसार स्पेनमा हालसम्म सन् २०२३ मा ७३ हजार ५ सय हेक्टर जंगलमा आगो लागेको छ ।