अछाम – अछाममा बँदेलले आक्रमण गर्दा एक महिलाको मृत्यु भएको छ ।
बिहीवार बेलुका मास गोडेर घर फर्कने क्रममा बँदेलले आक्रमण गर्दा अछामको तुर्माखाँद गाउँपालिका–३ की २६ वर्षीया दिला बयकको ज्यान गएको हो ।
दिलाको अस्पताल लैजाने क्रममा मृत्यु भएको बताईएको छ ।