खाेज्नुहाेस

लिबियामा भएको भिडन्तमा २७ जनाको मृत्यु

Image

लिबियाको राजधानी त्रिपोलीमा भएको दुई समूहबीचको भिडन्तमा कम्तीमा २७ जनाको मृत्यु भएको छ। उक्त भिडन्तमा अन्य सय भन्दा बढी मानिस घाइते भएको बताइएको छ। बुधबार भएको भिडन्तमा २७ जनाको मृत्यु भएकोमा अरब लिग (एएल)ले चिन्ता व्यक्त गरेको छ।

navjiwan hospital

एएलले सहरमा तत्काल हिंसा अन्त्य गर्नसमेत आग्रह गरेको छ। अन्य २३४ मानिसलाई भिडन्त भएको स्थानबाट सुरक्षित स्थानान्तरण गरिएको छ।

attariya hospital

अहिले घाइतेहरुको उपचारका लागि आपत्कालीन स्थान निर्माण गरिएको छ। नेता मुअम्मरको सन् २०११ मा मृत्यु भएपछि लिबियामा हिंसा भड्किरहेको छ।