धनगढी – गृह मन्त्रालयले अछाममा नयाँ प्रमुख जिल्ला अधिकारी (प्रजिअ) पठाएको छ । मन्त्रालयले अछामको प्रजिअमा शरद कुमार पोखरेललाई पठाएको हो । पोखरेल पछिल्लो समय जिल्ला प्रशासन कार्यालय मोरङमा कार्यरत थिए ।

अछाममा यसअघि शिवराम न्यौपाने प्रजिअ थिए । उनले स्वास्थ्य समस्याका कारण मन्त्रालयमा सरुवा मागेकाले उनको ठाउँमा मोरङका सहायक प्रजिअ पोखरेललाई पठाइएको गृह मन्त्रालयले बताएका छ ।

मुगु र दार्चुलाको प्रजिअ भैसकेका पोखरेलसँग काठमाडौं, तनहुँ, धनुषा र मोरङमा सहायक प्रजिअको रुपमा काम गरेको अनुभव छ ।


















