अछाम – अछाममा भीरबाट लडेर एक महिलाको मृत्यु भएको छ । मंगलसेन नगरपालिका – १ कुन्ती जैधनकी २५ बर्षीय निर्मला साउँदको घास काट्ने क्रममा भीरबाट लडेर मृत्यु भएको हो ।
मृतक साउद मंगलसेन नगरपालिका – १ को वडा कार्यालयमा कार्यरत थिईन । मृतका २ बर्षका एक छोरा रहेका छन ।