अत्तरिया – कैलालीको अत्तरियामा संचालन गरिएको राधा बचाउन सहयोग अभियान अन्तरगत ३५ हजार बढी सहयोग संकलन भएको छ । बिहिबार (आज) सामाजिक संजाल मार्फत संचालन गरिएको अभियान अन्तरगत ३५ हजार ३३३ रुपैयाँ सहयोग रकम संकलन भएको अभियानका संचालक गणेश जिमी साउँदले बताएका छन ।
उनले सामाजिक संजालमार्फ सहयोग अभियान संचालन गर्दा गोदावरी, गौरीगंगा र कोरीयाबाट गरी उक्त रकम संकलन भएको बताए । उनले ३ दिन अभियान संचालन गरेर संकलित रकम उपचारका लागि सम्बन्धित व्यक्तिलाई पठाइने बताए । उनले राधाको उपचारका लागि सबैलाई सहयोग गरिदिन अनुरोध समेत गरेका छन ।


क्यान्सरसंग जुधिरहेकी अछामको चौरपाटी गाउँपालिका – २ सोकट ठुलागडा निबासी ३९ बर्षीय राधा साउँद विगत ५ महिना देखि भक्तपुर क्यान्सर अस्पतालमा उपचाररत रहेकी छिन ।
उनको ब्रेष्टमा देखिएको क्यान्सर तेस्रो चरणको अवस्थामा पुगेको चिकित्सकले बताएका छन् ।
लामो समयदेखि क्यान्सर अस्पतालमा उपचार गराउदा सबै सम्पती सकिएपछि उपचारका लागि सहयोगको अपिल गरेको राधाका श्रीमान उदयराम साउदले बताएका छन । उनको सहयोगका लागि मोबाइल नम्बर ९८६८५६३३७६ सम्पर्क गर्न अनुरोध गरेका छन ।


















