चीनमा बालबालिकाको उमेर अनुसार मोबाइल चलाउने समय तोकियो

पेकिङ – चीन सरकारले बालबालिकालाई लामो समयसम्म स्मार्टफोनको प्रयोग गर्न रोक लगाउने नियम बनाएको छ । चिनियाँ इन्टरनेट नियामक निकायले साइबरस्पेस एडमिनिस्ट्रेशन अफ चाइना (सीएसी) ले बुधबार आफ्नो साइटमा यस सम्बन्धमा मस्यौदा सार्वजनिक गरेको छ। बालबालिकामा मोबाइलको लत बढेको भन्दै चीनले यस्तो निर्णय लिएको हो ।

maya metro hospital

मस्यौदाअनुसार नाबालिगले राति १० बजेदेखि बिहान ६ बजेसम्म मोबाइलमा इन्टरनेट चलाउन पाउने छैनन् ।

joshi vada pasal 2

नयाँ नियममा आठ वर्षमुनिका बालबालिकालाई ४० मिनेट मात्र स्मार्टफोन चलाउन दिइनेछ । ८ देखि १५ वर्ष उमेर समूहका बालबालिकालाई दैनिक एक घण्टा मात्र स्मार्टफोन प्रयोग गर्न दिइनेछ । त्यसैगरी १६ देखि १८ वर्षका किशोरकिशोरीले दिनमा दुई घण्टा मात्र इन्टरनेट चलाउन पाउनेछन् ।

नाबालिगहरूको शारीरिक र मानसिक विकासका लागि उपयुक्त ठानेका एप्स र प्लाटफर्महरू जस्ता केही सेवालाई यसमा छुट दिइनेछ । कुन कुन इन्टरनेट सेवालाई छुट दिइने भन्ने खुलाइएको छैन ।

संस्थाको यो कदमले सामाजिक सञ्जाल र अनलाइन गेम सञ्चालन गर्ने ‘टेनसेन्ट’ र ‘बाइट डान्स’ जस्ता कम्पनी स्तब्ध बनेका छन् ।
सीएसीले सेप्टेम्बर २ तारिखसम्म मस्यौदा दिशानिर्देशमा आफ्नो सुझाव दिन आह्वान गरेको छ। नयाँ नियम कहिलेदेखि लागू हुने भन्ने स्पष्ट पारिएको छैन ।

मोबाइलको अत्यधिक प्रयोगले विश्व त्रसित छ। बच्चाहरू मोबाइलमा घण्टौंसम्म गेम खेल्छन् र भिडियोहरू बनाउँछन् । यो विषयमा विज्ञहरूले प्रश्न उठाउँदै आएका छन । यसै कारण बालबालिकालाई मोबाइल फोन प्रयोगमा प्रतिबन्ध लगाउन माग भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.