गोदावरी – ८ स्याउलेमा सुविधासम्पन्न क्याफे सञ्चालनमा

अत्तरिया – कैलालीको गोदावरी नगरपालिका वडा नं. ८ स्याउले बजारमा सुविधासम्पन्न क्याफे सञ्चालनमा आएको छ । स्थानिय विकास बोगटीले करिब १७ लाखको लागतमा ग्रिल स्याउले क्याफे सञ्चालनमा ल्याएका हुन ।

maya metro hospital

आफ्नै ठाउँमा केही गरौ भन्ने उद्देश्यले क्याफे सञ्चालनमा ल्याएको सञ्चालक बोगटीले बताए । उनले सरसफाईलाई मध्यनगर गर्दै ग्राहकहरुको चाहना अनुरुपका हाईजेनिक फुडहरु क्याफेमा प्रदान गरिने बताए । ‘क्याफेमा मुख्य रुपमा ग्रिल चिकेन नै हो हामीले प्रदान गर्ने’ उनले भने ‘त्यसबाहेक अन्य होटलहरु सरह विभिन्न खाना नास्ताका परिकारहरु प्रदान गरिनेछन ।’ पछिल्लो समय युवाहरु रोजगारीका लागि विदेशीने क्रम बढिरहेका बेला आफ्नै स्थानमा केही गरेर रोजगार बन्ने उद्देश्य लिएको उनले बताए ।

स्याउले बजार व्यवस्थापन समितिका अध्यक्ष गोपाल देउवाले स्याउलेमा क्याफे खुल्नु खुसीको कुरा भएको बताए । उनले बजारमा आगन्तुकहरुलाई राम्रो होटलमा लैजानको लागि पनि एउटा क्याफेको आवश्यकता रहेकोमा ग्रिल स्याउलेले उक्त आवश्यकता पुर्ति गरेको बताए ।

attariya hospital

‘नयाँ अवधारणाका साथ स्थानियस्तरकै युवाले क्याफे सञ्चालन गरेका छन’ उनले भने ‘यसले स्याउले बजारको बजारीकरणमा थप टेवा पुग्ने छ भने आगन्तुकहरुले चाहना अनुसारको खाना पाउनेछन ।’ उनले बजारको व्यवस्थापनका लागि समिति सदैव तत्पर रहेको बताए ।
उक्त क्याफेको अत्तरिया उद्योग वाणिज्य संघका अध्यक्ष कल्याण सिँह बोहराले उद्घाटन गरेका थिए ।

उद्घाटन पश्चात बोल्दै उनले व्यवसायहरु खुल्ने क्रम बढ्नु स्वाभाविक रुपमा राम्रो भएको बताए । उनले पछिल्लो समय व्यवसायहरु नयाँ अवधारणाका साथ व्यवस्थीत हुदै गएका बताए । ‘व्यवसायीहरुले परम्परागत शैली छोेडेर आधुनिक शैलीमा व्यवसाय सञ्चालन गरिरहेका छन’ उनले भने ‘जसले गर्दा व्यवसायहरु व्यवस्थीत र सहज हुदै गएका छन ।’

उनले व्यवसायीहरुको समस्या समाधानका लागि उद्योग वाणिज्य संघ सदैव तत्पर रहने प्रतिबद्धता समेत व्यक्त गरे ।

lotus add
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.