अत्तरियामा फेरी तरकारीमा बिषादी भेटिएपछि नष्ट गरियो

अत्तरिया – कैलालीको अत्तरीयामा सल्याबाट ल्याइएको सिमला मिर्च तरकारीमा विषादी भेटिएपछि नष्ट गरिएको छ । अत्तरियामा रहेको विषादी अवशेष दु्रत विश्लेषण इकाइमा गरिएको परिक्षणमा १ क्युन्टेल बढी सिमलामा उपभोग गर्न नमिल्ने बिषादीको मात्रा भेटिएपनि नष्ट गरिएको हो ।

maya metro hospital

कार्यालयका बालि संरक्षण अधिकृत प्रमोद ठगुन्नाले सिमलामा ६५ दशमलव ८५ प्रतिशत अर्गानोफस्फेट रोकावट प्रतिशत भेटिएकाले नष्ट गरिएको बताए । उनले तरकारीमा ४५ प्रतिशत भन्दा बढी विषादीको रोकावट दर भेटिएमा विसर्जन गरिने गरेको बताए ।

joshi vada pasal 2

उक्त सिमला कृषि उपज थोक बजार समितिको हाताभित्र रहेको एमके एग्रीकल्चर ग्रुप प्रालिमा भेटिएको थियो । उक्त सिमला शुक्रबार बिहान मात्रै ल्याइएको पसलका सेल्सम्यान रमेश सुनारले बताए ।

यसअघि असार २४ गते बैतडीबाट ल्याएको ४ क्यिुन्टल सिमलामा विषादी भेटिएपछि नष्ट भेटिएको थियो ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.