अत्तरियाका सर्भिस लेन जिर्ण

अत्तरिया – कैलालीको अत्तरिया बजार क्षेत्रका सर्भिस लेन जिर्ण बनेका छन । अत्तरिया चोक वरिपरीको क्षेत्रमा करिब २ दशक अगाडी निर्माण गरिएका सर्भिस लेन सडक मर्मत नहुँदा जिर्ण बनेका हुन । अत्तरिया चोक देखि करिब ५ सय मिटर क्षेत्रमा निर्माण गरिएका सर्भिस लेन सडक अहिले ठाउँठउँमा भत्किएका छन । अत्तरिया धनगढी सडकमा निर्माण गरिएको पुरानो मोडेलको सर्भिस लेन सडक भत्काएर हाल नयाँ डिजाइनमा ६ लेन सडक निर्माण गरिएको भएपनि चोकको पुर्व पश्चिम राजमार्ग र चोकदेखि गोदावरी सडकमा भने पुरानै सर्भिस लेन सडक रहेका छन ।

maya metro hospital

पुरानो डिजाइन अनुसार निर्माण गरिएका उक्त सर्भिस लेन सडक र नाला बर्षैदेखि मर्मत नगरिदा काम नलाग्ने अवस्थामा पुगेका छन । जसका कारण सर्भिस लेनमा पानी जम्ने समस्या हुने गरेको छ ।

joshi vada pasal 2

पहाड रोडको उत्तर तर्फ निर्माण गरिएको सर्भिस लेनको पानी नालामा निकास नहुँदा अहिले हिलाम्मे सडकमा परिणत भएको छ । स्थानीय नरेश जोशीले सर्भिस लेनको पानी नालामा निकास नहुँदा पुरै सडक हिलाम्मे भएको बताए । उनले पानी जमेका कारण सर्भिस लेन सडक धसिसकेको बताए । सो क्षेत्रमा नालाको पानी समेत निकासा हुँदैन । जसका कारण अत्तरिया चोकमा बर्षातको समयमा पानी जम्ने समस्या हुने गरेको छ । सर्भिस लेनमा पानी जम्ने समस्याका कारण हाल सो सडक प्रयोग बिहिन जस्तै बनेका छन । पहाड रोडको दक्षिण पट्टिको सर्भिस लेन सडक पनि ठाउँ ठाउँमा फुटेर पानी जम्ने गरेको छ ।

अत्तरियाको महेन्द्रनगर रोडको सर्भिस लेन सडक पनि ठाउँठाउँमा कालोपत्रे फुटेको छ । जसका कारण बजार क्षेत्रको सौन्दर्य समेत घटेको छ । अत्तरिया बजार राजमार्ग संगै जोडिएको भएकाले दुर्घटनाको जोखिम हुने भएकाले बजारमा आवतजावतका लागि सहज होस भनेर सर्भिस लेन र फुटपात निर्माण गरिएका थिए । तर, ति सर्भिस लेन हाल जिर्ण बन्दा समेत मर्मत हुन सकेका छैनन् ।

अत्तरिया चोक देखि बजार विस्तार भएको ठाउँसम्म निर्माण गरिएका सर्भिस लेन सडक हाल बजार बिस्तार भएर एक डेढ किलोमिटर क्षेत्रमा पुग्दा समेत सर्भिस लेन सडक र फुटबाट बिस्तार हुन सकेको छैन ।

स्थानीय रमेश बिकले सर्भिस लेन मर्मत संगै बजार बिस्तार भएको ठाउँसम्म विस्तार गरिनुपर्ने बताए । उनले सडकको क्षेत्र चौडा भएपनि कालोपत्रे सडक भने आधा भागमा मात्रै बिस्तार भएकाले बाकी भाग हिलाम्मे र धुलाम्मे हुने गरेको बताए । जसले गर्दा बजार क्षेत्रमा फोहरमैला व्यवस्थापन संगै सरसफाई गर्न समेत समस्या हुने गरेको छ ।

राजमार्गमा पनि खाल्डैखाल्डा

पुर्व पश्चिम राजमार्ग र भिमदत्त राजमार्ग क्रस भएर अत्तरिया चोक निर्माण भएको छ । जसका कारण अत्तरिया बजार क्षेत्रमा ठूला सवारी साधनको चाप बढी हुने गरेको छ । सवारी चाप र पानीको उचित निकास नहुँदा अहिले बजार क्षेत्रमा पुर्व पश्चिम राजमार्गको कालोपत्रे फुटेर हाल ठाउँठाउँमा खाल्डा परेका छन ।

बजार क्षेत्रमा पुर्व पश्चिम राजमार्ग दुर्वतर्फबाट चौडा पारिएको भएपनि ठाउँठाउँमा सडकको कालोपत्रे फुटेका कारण सडकमा यात्रा गर्न जोखिम बढेको छ । यस्तै राजमार्ग किनाराका सडकमा पानी जम्ने समस्याले बर्षादमा निकै सास्ती हुने गरेको छ ।

अत्तरिया चोकमा २ बर्ष अगाडी कालोपत्रे गरिएको भएपनि उक्त काम ठेकेदारले अधुरो छोडेका छन । अत्तरिया धनगढी ६ लेन सडककै मापदण्ड अनुसार कालोपत्रे गर्ने सम्झौता भएपनि ठेकेदार एक लेयरको मात्रै कालोपत्रे गरेर बेपत्ता छन । जसका कारण चोकमा पनि सडक फुट्न थालेको छ । ठूला सवारी साधनको चाप हुने अत्तरियामा लामो समय देखि सडक विस्तार र मर्मत नहुँदा अहिले जिर्ण अवस्थामा पुगेका छन ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.