नक्कली उद्दारको सिकार बनिन् बैतडीकी चम्भा

अत्तरिया – बैतडीको पञ्चेश्वरकी चम्भा चन्द नक्कली उद्दारको सिकार बनेकी छिन् । मानसिक सन्तुलन गुमाएकी भएपनि घरमै बस्दै आएकी चम्भालाई बेवारीसे भनेर उद्दार गरिएपछि भने अहिले उल्टै बेवारीसे बनेकी छिन् ।

maya metro hospital

बैतडीको पञ्चेश्वर गाउँपालिका – ४ मा बस्दै आएकी चम्भालाई जेठ ७ गते मानवसेवा आश्रम धनगढीले पालिकाको सिफारिसमा उद्दार गरेको थियो । माइती घरमा बस्दै आएकी चम्भा उद्दार गरेर धनगढी ल्याएपछि बेपत्ता बनेकी छिन ।

आश्रममा ल्याएको एक महिना नपुग्दै उनी बेपत्ता भएपछि आफन्त अहिले धनगढीमा उनको खोजीमा भौतारिरहेका छन् । चम्भाका भाई गम्भिर चन्दले आश्रममा राखिएकी दिदी हराएपनि आफूहरुलाई जानकारी नदिएको बताएका छन् । उनले आश्रमबाट दिदी हराएपछि प्रहरीमा समेत जानकारी नगराइएको बताए ।

attariya hospital

‘जेठ ५ गते आश्रममा दिदीलाई भेट्न गएको थिए । त्यहाँ जादा आश्रममा छैनन् भन्ने जवाफ दिए । अस्ति नै हराएको भने’ उनले भने ‘हराएको जानकारी पनि किन नदिएको भनेपछि जवाफ पाइएन् । प्रहरीकोमा जाँदा पनि त्यहाँ कुनै हराएको निवेदन भेटिएन ।’ उनले आश्रमले यस्ता मान्छे त कति हराउन्छन कती भनेर बेवास्ता गरेको आरोप लगाए ।

उनले आश्रममा दिदीको मानसिक रोग निको हुने आसमा पठाइएको बताए । ‘मेरो गाउँमा १/२ जना यहाँ राखेर निको भएका थिए । दिदीको पनि यहाँ उपचार हुन्छ की भनेर पठाएको थिए’ उनले भने ‘दिदीको घर भारत (पिथौरागढ) मा भएपनि माइतमा बस्नुहुन्थो । वहामा १५/१६ बर्ष देखि मानसिक समस्या थियो । गाउँघरमा पनि घुमिरहने भएकाले ४/५ महिनामा केही सुधार हुन्छ की भनेर आश्रममा पठाएका थियौ ।’ उनले दिदीको मासिक आउने ४ हजार भत्ता र पालिकाले थप रकम दिने सहमतीमा दिदीको घरबाट उद्दार गरी धनगढी ल्याइएको बताए । चम्भाका १ छोरा र १ छोरी रहेका छन् ।

यता मानव सेवा आश्रम कैलालीका जिल्ला संयोजक लोकेन्द्र शाहीले भने बेवारीसे भनेर आफूहरुलाई झुक्याइएको दावी गरेका छन । ‘हामीले आश्रममा बेवारीसे सडक मानवलाई मात्रै उद्दार गरेर राख्ने गरेका छौ’ उनले भने ‘पालिकाले दिएको पत्रमा घरपरिवार केही नभएको बेवारीसे लेखिएको थियो ।’ उनले आश्रममा ल्याएपछि जेठ १५ गते पनि आश्रमबाट बेपत्ता भएर जेठ १७ गते भेटिएको बताए ।

उनले दोश्रो पटक असार ३ गते हराएपछि भने हालसम्म फेला नपरेको बताए । उनले धनगढीमै २ वटा सेन्टर हुँदा कर्मचारी अभावका कारण केही व्यवस्थापनमा भने त्रुटी भएको बताए । ‘आश्रममा मान्छे कम भएपछि वहाँ गेटको माथिबाट भाग्नुभएको रहेछ’ उनले भने ‘भागेको सिसिटिभि फुटेज पनि छ ।’ उनले हराएको पत्र प्रहरीलाई दिन ढिलो भएको स्वीकार गर्दै आफूहरले लापरवाही भने नगरेको दावी गरे ।

उनले बेवारीसे भनेर उद्दार गरिएकाले अहिले आएर आफन्तले जानकारी किन नदिएको भन्नु अव्यवहारीक कुरा भएको बताए । ‘वहाहरुले हामीलाई झुक्काएर बेवारीसे भनेर आश्रममा पठाउनु भयो । अनी हामीले हराएपछि कोलाई जानकारी गर्ने ?’ उनले प्रश्न गरे ‘अलिहे हेर्दा वहाहरुको सबै परिवारीक अवस्था राम्रो भएको रहेछ । यो झुक्याउँदा उद्दार गरिएको केस हो ।’ उनले घरपरिवार भएको थाहा पाएको भए उद्दार नै नगर्ने बताए । उनले घरपरिवार हुँदा हुँदै पनि उपचार नगरी बेवारीसे जस्तै राखिएको पछि जानकारी पाएको बताए । उनले बेवारीसे भनेर पालिका उपाध्यक्षले पत्रमा हस्ताक्षर गरेको बताए ।

पञ्चेश्वर गाउँपालिकाकी उपाध्यक्ष बिना भट्टले भने श्रीमान नभएको कारण आफूले उद्दार होस भनेर सिफारिस गरेको बताइन् । उनले यसअघि पनि चम्भा जस्तै पालिकाबाट ३/४ जना आश्रममा पठाएर निको बनाएर घर फिर्ता भएको बताइन् ।

उनले चम्भाका भाईले ६ महिनादेखि पालिकामा आएर सिफारिस गरिदिन कर गरेपछि सिफारिस बनाएको बताइन् । ‘पालिकामा अरु पनि राम्रा भएर आएका छन । दिदीलाई पनि पठाइदिनुप-यो भनेर वहा महिनामा २/३ पटक कार्यालयमा आएर कर गर्न थाल्नुभयो’ उनले भनीन् ‘मैले वहालाई खोजेर पठाएको होइन । हामीले त वहाको ‘ख’ वर्गको परिचय पत्र पनि बनाइदिएका थियौ । त्यसैबाट वहाको भत्ता पनि आउन्थ्यो । त्यसैले नपठाउँ भनेका थियौ । वहाले कर गरेपछि सिफारिस गरेका हौ ।’ उनले घरमा मानिसहरुलाई कुट्न जाने, सडक, ओराडमा बस्ने गरेकी छन भनेपछि सिफारिस गरिदिएको बताइन् ।

उनले पालिकाबाट यसअघि पनि चम्भा जस्तै मानिसको उद्दार गरेर मानव सेवा आश्रमले धनगढी लगेको बताइन् । उनले लामो समयदेखि चम्भा माइतीमा बस्ने भएकाले यतैबाट नागरिकता बनाएर सेवा सुविधा दिइँदै आएको बताइन् । ‘मलाई अहिले बिना कारण विवादमा ल्याइदै छ’ उनले भनीन् ‘मैले वहाकै भाइको पहलमा सिफारिस गरेकी हु । आश्रमको मापदण्ड भित्र नपरेको भए वहालाई फिर्ता गरिनु पथ्र्यो । हराएपछि आरोप लगाउनु उचित भएन ।’ उनले आफूले पनि चम्भाको घरपरिवारका बारेमा पछि मात्रै थाहा पाएको बताइन् ।

lotus add
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.