खाेज्नुहाेस

यसरी लाग्यो अश्मीको सपनामा पूर्णविराम

Image

अत्तरिया – क्यान्सर पीडित बुवा र आफ्ना लागि आमाले गरेको संघर्षको साहारा बन्ने सपना बोकेर अश्मीले ६ महिना अगाडी घर छोडीन् । अप्थामालोजी (आखाँ विज्ञान) पढेर परिवारमा खुसी फर्काउने उनको सपना थियो ।

कैलालीको गोदावरी नगरपालिका – ४ बसन्तपुर घर भएकी अश्मी बोहरा १० कक्षा उत्र्तीण गरेपछि फार्मेसी पढ्न चाहन्थिन । तर, परिवारको आर्थीक अवस्थाले धान्न सक्ने देखिएपछि उनी अत्तरियाकै दुर्गालक्ष्मी नमूना मावीमा कक्षा ११ मा भर्ना भइन् । तर, उनले मेडिकल शिक्षा पढ्ने सपना भने जिवितै राखिन र, ११ मा पढ्दापढ्दै मेडिकल सम्बन्धि बिभिन्न कोर्षहरुको लागि इन्ट्रान्स दिदै गइन् ।

attariya hospital

‘मैले छोरीलाई दुर्गालक्ष्मी मै पढ्न भनेकी थिए । नजिक पनि छ । बाहिर पढाउन खर्च पनि सकिदैन भनेकी थिए । छोरीले म पढेर सबै ठिक भैहाल्छ । बाबाको पनि साहार म बन्छु भन्थी’ अश्मीकी आमा बिमला बोहराले भनीन् ‘छोरीको मेडिकल साइन्स पढ्ने योजना थियो । त्यसपछि अप्थामालोजीमा एक सिट खाली भएको थाहा पाएपछि उनी त्यसमै भर्ना भइन् ।’

नेपालगंजमा रहेको अलाईट टेक्निकल कलेजमा अप्थामालोजी पढ्न भर्ना भएकी उनको सुरुवाती दिन राम्रो संग नै वित्दै थिए । गत बर्ष फागुन महिनामा देखि नेपालगंंजमा रहेको भागेश्वर गल्स होस्टेलमा बसेर पढ्दै गरेकी अश्मीको जीवनले एकाएक मोड लियो । होस्टेलमा बसेर पढ्न लागेको ४ महिना नपुग्दै उनी यस्तो भुमरिमा फसिन जसले उनले ज्यानै लियो ।

यसको सुरुवात २ महिना अगाडी मात्रै चिनजान भएकी अश्मीकै कलेजमा पढ्ने लक्ष्मी खड्काको कोठामा गएर भएको थियो । ‘कलेजमा अस्मि बोहरा र लक्ष्मी खड्का साथी थिए । लक्ष्मीले एक दिन होस्टेलबाट मेरो कोठा जाँउ त्यतै बसौला भनेर बहिनीलाई लगेर गइछन’ अश्मीका दाई योगेन्द्र बोहराले भने ‘लक्ष्मीको कोठामा राती संगै सुतेको बेला लक्ष्मी कोठाबाट बाहिर गएर त्यो कोठामा डिलेन्द्र शाही आएको रहेछ ।

त्यसअघि नै बहिनीलाई बेहोस बनाइएकाले उनले केही थाहा पाइनन् । बिहान जुन साथीको घरमा गएकी थिइन त्यो बिहान मात्रै भेटिइन । डिलेन्द्र भने संगै सुतेका थिए ।’ राती संगै सुतेका डिलेन्दले लक्ष्मीमाथि जबजस्ती गरेको अश्मीका आफन्तको दावी छ ।

navjiwan hospital

घटनाका बारेमा अश्मीले फुपु राधालाई बताएकी थिइन । तर, उनले अरु कसैलाई घटनाको बारेमा भने ज्यान खतरामा पर्ने भएकाले नभन्न आग्रह गरेकी थिइन । सोही डरले राधाले पनि उक्त कुरा गोप्य राखिन् ।

बलात्कृत भएकी अश्मीताको १० दिन अस्पतालमा राखेर उपचार गरिएको कुरा पनि मृत्यु भएपछि थाहा पाएको आमा बिमलाको भनाइ छ । बिमलाले भनीन् ‘१० दिन अस्पतालमा भर्ना गरेर उपचार गरेको रहेछ । त्यो पनि हामीलाई जानकारी दिइएन् । घटना भएको कुरा भनेपछि तलाई मारिदिन्छु भनेर छोरीलाई भनेका रहेछन । आमाबुवालाई पनि मारिदिन्छु भनेको रहेछ ।’

घटना पनि अश्मी पुरै मानसिक रुपमा विचलित भइसकेकी थिइन् । घटना पछि विदामा घरमा आएकी अश्मी भन्दा एक दिन अगाडी बेहोस भएपछि उनकी आमाले उपचारका लागि धनगढीको नवजीवन अस्पतालमा लगेकी थिइन । तर, होलबडी चेक गर्दा पनि केही समस्या नदेखिएपछि मानसिक रोग विशेषज्ञ डाक्टरले उनलाई औषधी दिएर घर पठाएका थिए ।

आमा बिमलाका अनुसार अश्मीले मानसिक रोग विशेषज्ञ डाक्टरको अगाडी घटनाको बारेमा भन्न खोज्दा पनि बेहोस भएकी थिइन । ‘डाक्टरको अगाडी घटनाको बारेमा पुरा भन्न नपाउँदै फेरी छोरी बेहोस भएकी थिइन’ उनले भनीन ‘डाक्टरले अश्मीलाई मानसिक टर्चर भएको छ भनेर औषधी दिएर घर पठाए ।’

मानसिक रुपमा विचलित भएकी अश्मीले असार ९ गते आफ्नै घरमा प्राण त्याग गर्न पुगिन । ‘असार ९ गते रोपाइको लागी धानको बेर्ना निकाल्न जाने भनेर तयारी गर्दै थियौ । छोरीले मलाई गाह्रो भएको छ म सुत्छु भनी’ बिमलाले भनीन् ‘१० मिनेट पछि छोरीको कोठामा जान खोज्दा भित्रबाट ढोका बन्द थियो । पछि ढोका फुटाएर भित्र जाँदा छोरी झुण्डिएकी थिइन ।’ निकै मानसिक पीडा सहेर उनले प्राण त्याग गरेपछि उनको समनामा पनि पूर्णविराम लागेको छ ।

रश्मीकी आमा बिमलाले नेपालगंजमा घटेको घटनाकै कारण छोरीले ज्यान गुमाएको बताएकी छिन । ‘नेपालगंज गए त्यो केटाले फेरी त्यस्तै गर्ने डर, नजाउँ क्यान्सर पीडित बुवा छन । मम्मीले कति दुःख गरी पढाएको छ भन्ने उस्को मनमा प¥यो’ आमा विमलाले भनीन् ‘जसरी मेरी छोरीले ज्यान फालेकी छे त्यसरीनै त्यो केटालाई पनि फासी दिनुपर्छ ।’

अश्मीका दाई योगेन्द्रले घटनाका बारेमा बुझ्दै जाँदा लक्ष्मीलाई डिलेन्द्रले नै अश्मी संग बस्ने व्यवस्था मिलाइदेउ भनेको भिडियो भेटिएको बताए । उनले घटना भएपछि पनि लक्ष्मीले नै डिलेन्द्रलाई जोगाउन भूमिका खेलिरहेको बताए । उनले आफूहरुले फेला पारेका सबै प्रमाण प्रहरीलाई बुझाएको बताएका छन ।

प्रहरीले अश्मीका आफन्तले दिएको किटानीका आधारमा डिलेन्द्र शाहीलाई पक्राउ गरिसकेको जनाएको छ । इलाका प्रहरी कार्यालय मालाखेतीका डिएसपी गणेश बरालले शाहीलाई बुधबार नेपालगंजबाट पक्राउ गरेर अत्तरिया झिकाएको बताए । उनले लक्ष्मी खड्काको खोजी गरिरहेको बताएका छन ।