खाेज्नुहाेस

बडीमालिकामा कृषि एम्बुलेन्स सञ्चालन

Image

बाजुरा– बाजुराको बडीमालिका नगरपालिकाले कृषि एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको छ । बडीमालिका नगरपालिकाले विभिन्न वडाका किसानले उत्पादन गरेका कृषि उपज सुरक्षित तवरले बजार र उपभोक्तासम्म पु¥याउन कृषि एम्बुलेन्स सञ्चालनमा ल्याएको हो ।

navjiwan hospital

कृषकका उत्पादनले सही समयमा बजारसम्म पहुँचको अवस्था सिर्जना गर्न नगरपालिकाले कृषि एम्बुलेन्स सेवा सञ्चालन गरेको बडिमालिका नगरपालिकाका प्रमुख अमर खड्काले बताएका छन् । कृषकलाई आत्मनिर्भर बनाउन उत्पादित बजारको सरल र सहज पहुँचको आवश्यकता रहेको जनाउँदै नगरले कृषकमैत्री कार्यक्रममा जोड दिएको नगर प्रमुख खड्काको भनाइ रहेको छ ।

attariya hospital

कृषि एम्बुलेन्स सेवाको एक कार्यक्रमका असार ५ गतेबाट आधिकारिक रूपमा सञ्चालन गरिएको छ । कृषि एम्बुलेन्स सेवा सञ्चालनमा आएपछि अब कृषकका बारीमै कृषि एम्बुलेन्स पुग्ने छ र कृषकले उत्पादन गरेका तरकारी सङ्कलन तथा बिक्री केन्द्रसम्म ढुवानी गर्नेछ । तरकारी खेती गर्ने कृषकलाई ढुवानी गर्ने साधन नहुँदा धेरै समस्या हुने गरेको थियो, अब उक्त समस्या नहुने भएको हो ।