खाेज्नुहाेस

अत्तरिया बसपार्कको यात्रु बस्ने प्रतिक्षालयमा मोटरसाइकल पार्कीङ

Image

अत्तरिया – कैलालीको अत्तरिया बसपार्कमा रहेको यात्रु प्रतिक्षालयमा मोटरसाइकल पार्कीङ गरिदा यात्रुलाई समस्या हुन थालेको छ । यात्रुलाई बस्नेको लागि निर्माण गरिएको प्रतिक्षालमा मोटरसाइकल थुपारीदा याुत्रलाई प्रतिक्षालयमा प्रवेश गर्न समेत समस्या हुने गरेको हो । कैलालीको चौमालाको भीम बिष्टले प्रतिक्षालयमा मोटरसाइकल पार्कीङ गरिदा बस्ने यात्रुलाई असहज भएको बताए ।

उनले बसपार्कमा बाहिर ठाउँ हुँदा हुँदै पनि मोटरसाइकल प्रतिक्षालयमा राखिदा समस्या भएको बताए । ‘मोटरसाइलकलाई छाँयामा राख्नको लागि यहाँ राखिएको होला’ उनले भने ‘यो प्रतिक्षालय मोटरसाइकल राख्न कै लागि त बनेको जस्तो छैन ।’

attariya hospital
navjiwan hospital

अत्तरिया बसपार्कमा दिउँसोको चर्को गर्मीमा छाया खोजिरहेका भएपनि प्रतिक्षालयमा मोटरसाकल राखिदाँ समस्या भइरहेको बताएका थिए । अत्तरियाबाट अछामको लागी बसको प्रतिक्षालयमा रहेका नवीन स्वारले सबपार्कमा यात्रु प्रतिक्षालय राम्रो बनेको भएपनि यसमा मोटरसाइकल राखिदाँ समस्या भएको बताए । उनले यात्रुका लागि निर्माण गरिएको प्रतिक्षालयमा यात्रु बस्न दिइनुपर्ने बताए । ‘सबपार्कमा यात्रु प्रतिक्षालय राम्रो बनेको छ । यहाँ हावा पनि चल्ने रहेछ । पानीको पनि व्यवस्था रहेछ’ उनले भने ‘यहाँ मोटरसाइकल नराखिएको भए यात्रुलाई बस्न सहज हुने थियो ।’ उनले प्रतिक्षालयको सरसफाइमा पनि ध्यान दिनुपर्ने बताए ।

प्रतिक्षालयमा मोटरसाइकल पार्कीङ गरिदा यात्रुलाई असहज मात्रै भएको छैन प्रतिक्षालय कुरुप पनि बनेको छ । यात्रु भुवन विकले मोटरसाइकल जोगाउन यात्रुलाई घाममा बस्न बाध्य बनाउनु उचित नभएको बताए । उनले यात्रुका लागि बनाइएको प्रतिक्षालयको व्यवस्थापनका लागि नगरपालिकाले ध्यान दिनुपर्ने बताए ।

उक्त (रोकाया यात्रु प्रतिक्षालय) २०६९ सालमा स्थापना गरिएको थियो । उक्त यात्रु प्रतिक्षालय तेघरीका जगन्नाथ रोकाया र जय बहादुर रोकायाले निर्माण गरेका थिए ।

बसपार्कमा अधिकांस टिकट काउन्टरमा काम गर्नेहरुले नै मोटरसाइकल पार्कीङ गर्ने गरेका छन । हाल गोदावरी नगरपालिकाले सोही यात्रु प्रतिक्षालयको पुर्व पट्टि टिकट काउन्टर संगै यात्रु प्रतिक्षालय निर्माण गरेको भएपनि त्यसमा टिकट काट्ने यात्रु खचाखच भरिएका हुन्छन । गोदावरी नगरपालिका मातहत रहेको अत्तरिया बसपार्क हाल किमडेश्वरी निर्माण सेवाले ठेक्कामा संचालन गरिरहेको छ ।