महावीर पुनका मागमा समर्थन जनाउँदै अत्तरियाका युवा सडकमा

अत्तरिया – राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनले सुरु गरेको धर्नामा समर्थन जनाउँदै कैलालीको अत्तरियाका युवाहरु सडकमा उत्रिएका छन् । ४ बुँदे माग राखेर शुक्रबार देखि काठमाण्डौंको माइतीघरमा पुनले सुरु गरेको धर्नामा समर्थन जनाउँदै अत्तरिया क्षेत्रका युवाहरु सडकमा उत्रिएका हुन ।

Karma Consultancy

सस्फुर्त रुपमा सडकमा उत्रिएका युवाहरुले महावीर पुनले उठाएका माग सम्बोधन गर्न सरकारलाई दवाव दिने नारा लेखिएका पोष्टर लिएर आधा घण्टा सडकमा उभिएका थिए ।

citizen security services

उनीहरुले ‘देश विकासमा एक कदम अघि सरौं, डा. महावीर पुनको अनुभवलाई सदुपयोग गरौं’, नव उद्यमीको सीपलाई प्रोत्साहन गर, देश विकासमा टेवा पु-याउनेलाई सम्मान गर’, देश मै रोजगार सिर्जना गर्नेलाई स्वदेश कै बस्तु उपभोग गर्नेलाई’ लगाइतका नारा लेखिएका पम्पलेट बोकेका थिए ।

attariya hospital

समर्थमा सडकमा पुगेका युवा पुस्कर शर्मा जोशीले आफ्ना सबै कुरा त्याग गरेर नेपालमा नयाँ–नयाँ आविस्कार गर्नुपर्छ भनेर लागेका महावीर पुनको मागलाई सरकारले सम्बोधन गर्नुपर्ने बताए । उनले महावीर पुनको मागमा आफूहरुले समर्थन जनाउँदै सडकमा आएको बताए ।


समर्थनमा सहभागी प्रमोद अधिकारीले महामवीर पुनले गरेको योगदानलाई राज्यले चिन्न आवश्यक रहेको बताए । उनले राष्ट्रमै बसेर केही गर्छु भनेर अगाडी बढ्नेका लागि राज्यले वातावरण बनाउन आवश्यक रहेको बताए ।

समर्थनमा सहभागी हरी कडायतले महावीर पुनका माग सम्बोधन गर्न सरकारलाई दवाव दिन भोलि पनि अत्तरिया चोकमा आधा घण्टा उभिएर समर्थन जनाउने कार्यक्रम रहेको बताए ।

belauri nagarpalika

यस्ता छन महावीर पुनका माग

१. अनुसन्धान, नवप्रवर्तन र आविष्कार गर्ने प्रतिभाशाली र सिर्जनशील नेपालीहरूलाई अनुसन्धान गर्ने काममा ठोस सहयोग गर्न हरेक वर्ष संघीय र प्रदेश सरकारले आफ्नो विकास बजेटको १ प्रतिशत रकम छुट्याउनु पर्ने र ‘अनुसन्धान, नवप्रवर्तन र आविष्कार कोष’ मा राख्नुपर्ने। सो कोषबाट नेपालका सम्पूर्ण प्रतिभाशाली सन्ततिहरूलाई आवश्यक अनुसन्धान, नवप्रवर्तन र आविष्कार गर्न सहयोग गर्नुपर्ने। कोषमा जम्मा भएको रकम सोही वर्ष खर्च नभए आगामी वर्षमा पनि खर्च गर्न पाउने व्यवस्था गर्नुपर्ने ।

२. सो कोषको रकम सहज तरिकाले समयमा नै प्रतिभाशाली र नवीनतम् सोच भएका नेपालीहरूलाई उपलब्ध गराउन संसदले नेपाल सरकारको सार्वजनिक खरिद ऐनभन्दा छुट्टै ‘अनुसन्धान, नवप्रवर्तन र आविष्कार प्रवर्द्धन, सञ्चालन तथा खरिद ऐन’ बनाउनुपर्ने र आवश्यकताअनुसार अनुसन्धानको कामलाई बहुवर्षीय कार्यक्रममा राख्न मिल्ने गरी नीति नियम बनाइनु पर्ने ।

३.अनुसन्धान, नवप्रवर्तन र आविष्कार गरेर बनेका र सफलतापूर्वक परीक्षण गरिएका चिजलाई उत्पादन गरी नवउद्यमी बन्न चाहने नेपालीहरूलाई उद्यम सुरू गर्नको लागि चाहिने अनुमति, लाइसेन्स, अनुदान र सहज ऋण उपलब्ध गराउनु पर्ने र स्वदेशी उत्पादनलाई बजारीकरण गर्न ठोस सहयोग गर्ने नीति नियम बनाउनु पर्ने। सो कामलाई सहज बनाउन र आवश्यकताअनुसार नीति नियम बनाउनका लागि ‘नव उद्यमी प्रवर्द्धन समिति’ बनाउनु पर्ने र सो समितिले सरकारलाई आवश्यक कदम चाल्न अनुरोध गर्ने व्यवस्था गर्नुपर्ने।

४. प्राइभेट अनुसन्धान केन्द्र, मुनाफा वितरण नगर्ने अनुसन्धान केन्द्र र विश्वविद्यालयहरूमा व्यवहारिक अनुसन्धानलाई उच्च प्राथमिकताका साथ प्रोत्साहन गर्न र प्रवर्द्धन गर्नका लागि विज्ञान मन्त्रालयअन्तर्गत ‘व्यवहारिक अनुसन्धान र नवप्रवर्तन विभाग’ खोल्नुपर्ने। उक्त विभागलाई देशका प्रतिभाहरूलाई विदेश पलायन हुन नदिन र विदेश पलायन भैसकेका प्रतिभाहरूलाई के कसरी र कुन रूपमा हुन्छ स्वदेश फिर्ता ल्याउन र उनीहरूबाट फाइदा लिनको लागि चाल्नु पर्ने ठोस वातावरण तयार गर्ने पूर्ण अधिकारसहित जिम्मा दिइनुपर्ने ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.