
धनगढी – धनगढीमा डुबेर एक जनाको मृत्यु भएको छ । मोहना नदीमा डुबेर धनगढी उपमहानगरपालिका–१९ फुलवारीका ४३ वर्षीय कमल चौधरीको मृत्यु भएको हो ।
बुधबार माछा मार्ने क्रममा डुबेर बेपत्ता भएको भन्ने खबर प्राप्त भएपछि ईलाका प्रहरी कार्यालय बहुलियाबाट खटिएको प्रहरी र स्थानीयले खोजी गरेका थिए । खोजी गर्ने क्रममा उनको शव फेला परेको प्रहरीले जनाएको छ ।

















