बैतडी – बैतडीको गोवेश्वर धाममा विसु पर्वको अवसरमा मेला लाग्ने भएको छ । जिल्लाको सुर्नया गाउँपालिका – ५ स्थित धार्मीक स्थल गोवेश्वर धाममा नयाँ वर्षका दिन विसु पर्वको अवसर पारेर स्नान मेला लाग्ने भएको हो ।

हरेक वर्ष जस्तै यो वर्ष पनि गोवेश्वर धाममा मेला लाग्ने स्थानीय शंकर बिष्टले जानकारी दिए । प्रत्येक वर्ष बिसुका दिन यो धाममा मेला लाग्ने गर्दछ । बिसुका दिन गोवेश्वर धाम नजिकको सुर्नया नदी किनारमा स्नान गर्नेको घुइचो हुने गरेको छ ।

यो धाममा पूजापाठ तथा स्नानका लागि सुर्नया गाउँपालिकाका विभिन्न ठाउँबाट श्रद्धालु भक्तजनहरु आउने गरेका स्थानीय विष्टले बताए । धाममा पुगेर स्नान सहित पूजापाठ गरेमा मनोकामना पूर्ण हुने जनविश्वास रही आएको छ ।













