खाेज्नुहाेस

गोदावरीका केरा कृषक मल्ल सम्मानित

Image

अत्तरिया – कैलालीको गोदावरी नगरपालिका वडा नं. १० का कृषक कर्ण बहादुर मल्ल सम्मानित भएका छन । नेपाल चेम्बर अफ कर्मशको ७२औ साधारण सभाले उनलाई सम्मान गरेको हो ।

navjiwan hospital

कृषि व्यवसायमा संलग्न रही यसको व्यवसायीकरण गर्न तथा अन्य कृषकहरुलाई कृषिमा व्यवसायकरणका लागी उत्प्रेरित गरी उत्पादकत्व वृद्धि गर्न महत्वपुर्ण भुमिका निर्वाह गरेको भन्दै राजबहादुर चिपालु मेमोरियल अवार्डद्धारा उनलाई सम्मानित गरिएको छ ।

attariya hospital

उनलाई प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) को हातबाट सम्मानित गरिएको कैलाली चेम्बर अफ कर्मशका अध्यक्ष विनोद मल्ल (भिप्लभ) ले जानकारी दिए ।

एक कट्टाबाट केरी खेती सुरु गरेका मल्लले हाल करिब १ सय विगाहामा केरा खेती गर्दै आईरहेका छन । उनले केराखेती गरेर गोदावरी नगरपालिका मात्रै नभई सुदूरपश्चिमलाई नै केरामा आत्मनिर्भर बनाउन सहयोग पु¥याईरहेको चेम्बरका जिल्ला अध्यक्ष मल्लले बताए ।