खाेज्नुहाेस

यात्राका क्रममा भारतमै लुटिए नेपाली कामदार

Image
सांकेतिक फोटो

कञ्चनपुर – नयाँ वर्ष बिसु मनाउन घर फर्किरहेका चार जना नेपाली कामदार यात्राकै क्रममा भारतमा लुटिएका छन् । सोमबार हल्द्वानीबाट घर फर्किन लागेका ४ जना सुर्खेतको भेरीगंगा नगरपालिका–४ का ताराबहादुर मगर, मिलन राजी, लालबहादुर नेपाली र केशर वली भारतमा लुटिएका हुन ।

navjiwan hospital

उनीहरुबाट ४५ हजार भारु र चार थान मोबाइल लुटिएको प्रहरीले जनाएको छ । कालापहाडमा मजदुरी गरेर घर फर्किन लागेका उनीहरुलाई भारत उत्तराखण्डको हल्द्वानीमा चिसो पेय पदार्थमा नशालु पदार्थ खुवाएर बेहोस बनाइ लुटिएको बताईएको छ ।

attariya hospital

हल्द्वानीबाट बनबासा आउने बसमा एक महिलाले चिसो पेय पदार्थ पिउन दिएको पीडितहरुले बताएका छन । उक्त पेय पदार्थ पिएपछि चारैजना बेहोस भएका थिए । होसमा आउँदा पैसा र मोबाइल केही पनि नभएको उनीहरुले बताएका छन ।

‘चारै जना सीमा क्षेत्रमा बेहोस अवस्थामा भेटिएका हुन्,’ इलाका प्रहरी कार्यालय गड्डाचौकीका सई देवसिंह बुडालले भने, ‘सबैजना रित्तो हात नाकामा पुगेका थिए ।’ उनीहरुलाई प्रहरीले उद्धार गरेर महाकाली प्रादेशिक अस्पतालमा भर्ना गरेको हो । अस्पतालमा उपचारपछि मंगलबार निको भएर उनहरु घरतर्फ लागेका छन् ।