खाेज्नुहाेस

सुनको मूल्य अहिलेसम्मकै उच्च

Image
file photo

सुनको मूल्य बढेर अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य प्रतितोला एक लाख ११ हजार रुपैयाँ पुगेको छ । यसअघि सबैभन्दा बढी चैत ५ मा छापावाला सुन प्रतितोला एक लाख १० हजार किनबेच भएको थियो ।

navjiwan hospital

अघिल्लो दिनको तुलनामा सुनको मूल्य दुई हजारले बताएको हो । चैत २१ मा छापावाला सुन प्रतितोला एक लाख नौ हजार रुपैयाँमा कारोबार भएको थियो । केही समययता सुनको मूल्य बढ्दै गएको छ ।

attariya hospital

त्यस्तै, आज तेजाबी सुन एक लाख १० हजार ४५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । आज चाँदीको मूल्य पनि केही बढेको छ। आज प्रतितोला एक हजार ४४० रुपैयाँमा कारोबार भइरहेको छ । महासंघका अनुसार चैत २१ मा एक हजार चार सयमा कारोबार भएको थियो ।