अत्तरिया – कैलालीको अत्तरियामा रहेको मानाङ्क बचत तथा ऋण सहकारी संस्था लिमिटेडको साधारण सभा सम्पन्न भएको छ । शुक्रबार एक कार्यक्रमका बिच संस्थाको १५औ वार्षिक साधारण सभा सम्पन्न भएको हो ।
संस्थाका अध्यक्ष वेदप्रकाश पाण्डेयको सभापतित्वमा आयोजित कार्यक्रमका प्रमुख अतिथि गोदावरी नगरपालिकाका सहकारी शाखा प्रमुख दिव्यराज जोशी रहेका थिए ।


२०६८ सालमा २६ जनाको १ लाख २५ हजार शेयर पुँजीबाट सुरु भएको सहकारीको हाल २ करोड २७ लाख ७२ हजार ६०० शेयरपुँजी रहेको छ । संस्थाले जगेडा कोषमा अघिल्लो आर्थिक वर्षको तुलनामा २० लाख २८ हजार ८११ रुपैया १० पैसाले वृद्धि गरी १ करोड १२ लाख ८५ हजार ५९० पु¥याएको छ । संस्थाको बचत निक्षेप पनि अघिल्लो आर्थिक वर्षको तुलनामा १ करोड ६६ लाख ७४ हजार ४३४ रुपैया ८८ पैसाले बढेर १४ करोड ३७ लाख १ हजार २३४ रुपैया २६ पैसा पुगेको छ ।
संस्थाले आर्थिक वर्ष २०८२/०८३ को असार मसान्त सम्म २४ करोड ५० लाख ८१ हजार ७२९ रुपैयाको कारोबार गरेको छ । जसबाट संस्थाले ३ लाख ६ हजार ५४१ रुपैया खुद नाफा आर्जन गर्न सफल भएको छ ।
कार्यक्रममा संस्थाको वार्षिक प्रतिवेदन अध्यक्ष पाण्डेयले प्रस्तुत गरेका थिए भने लेखा सुपरिवेक्षण प्रतिवेदन संस्थाका लेखासुपरिवेक्षण समितिका सदस्य शंकर बहादुर कुँवरले प्रस्तुत गरेका थिए । यस्तै संस्थाको लेखापरिक्षण प्रतिवेदन भने संस्थाका मुख्य प्रबन्धक प्रकाश कुमार जोशीले प्रस्तुत गरेका थिए । संस्थाले केन्द्रिय कार्यालय सहित अत्तरियाको महेन्द्रनगररोडमा र गोदावरी नगरपालिका– ५ गेटामा सेवा केन्द्रहरु सञ्चालनमा ल्याएर सेवा दिदै आईरहेको छ ।
उक्त सहकारी राष्ट्रिय सहकारी बैंक लिमिटेडबाट सम्मानित समेत भैसकेको छ । राष्ट्रिय सहकारी बैंकले उत्कृष्ट प्रादेशीक सदस्यका रुपमा मानाङ्कलाई सम्मानित गरेको थियो । साधारण सभामा गोदावरी नगरक्षेत्रका विभिन्न सहकारीका प्रमुख एवम् प्रतिनिधि र शेयरसदस्यहरुको सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन संस्थाका मुख्य प्रबन्धक प्रकाश कुमार जोशीले गरेका थिए ।

















